जापानले पनि नेपालबाट तीन लाख ४५ हजार कामदार लैजाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ पुष २०७५, बुधबार ०५:१२

काठमाडौँ । जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने निर्णय गरेको छ । यी देशबाट पहिलो ५ वर्षमा तीन लाख ४५ हजार कामदार लैजान लागिएको हो ।

जापानले चीन, इण्डोनेसिया, मंगोलिया, म्यान्मार, नेपाल, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजान लागेको हो। यी देशबाट लैजाने कामदारलाई नर्सिङ, उत्पादन, होटल, कृषि, माछापालन, खाद्यान्न उत्पादन तथा सेवालगायत १४ वा औद्योगिक क्षेत्रमा रोजगार दिनेछ। जापानमा कामदारले महिनामा कम्तीमा ३ लाख नेपाली रुपैयाँ कमाउँछन्।

दुई देशबीच सम्झौतामा थप छलफल गर्न जनवरीको तेस्रो साता जापानको टोली नेपाल आउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। जापान खाडी र मलेसियापछिको अर्को महत्वपूर्ण गन्तव्य बन्ने सम्भावना छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१