४ महिनामा ३ खर्ब १२ अर्ब २६ करोड रेमिट्यान्स भित्रियो

ssapana44@gmail.com' jamuna aryal
१० पुष २०७५, मंगलवार १५:४०

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ३ खर्ब १२ अर्ब २६ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार ४ महिनाको तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै ३ खर्ब १२ अर्ब २६ करोड रेमिट्यान्स भित्रिएको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१