महालेखा परीक्षकसँग छलफल गरेर वाइडबडी विमानको रकम भुक्तानी

ssapana44@gmail.com' jamuna aryal
१० पुष २०७५, मंगलवार १५:०२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले महालेखा परीक्षकसँग छलफल गरेरै वाइडबडी विमानको रकम भुक्तानी गरेको बताएका छन् ।

मंगलबार सार्वजनिक लेखा समितिको वाइडबडी विमान खरिद सम्बन्धमा गठित उपसमिति बैठकमा बोल्दै मन्त्री अधिकारीले महालेखासँग छलफल गरेरै भुक्तानी गरेको दावी गरेका हुन् ।

बैंठकमा सांसदहरुले महालेखा परीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन विपरीत भएको ठहर गरेको भन्दै किन जहाजको किस्ता रकम भुक्तानी दिएको भनेर मन्त्रीलाई प्रश्न गरेका थिए ।

महालेखा परीक्षक कार्यालयले पहिले जहाज ल्याऊ हेर्ने कुरा पछि हेरौंला भन्ने राय दिएपछि भुक्तानी दिएर जहाज ल्याएको उनले बताए । आफूले चाहेको भए त्यतिबेला जहाज रोक्न सक्ने भए पनि नरोकेको मन्त्री अधिकारीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१