भारतीय क्रिकेट टिमका धोनीले पुनरागमन

ssapana44@gmail.com' jamuna aryal
१० पुष २०७५, मंगलवार १४:१९

काठमाडौं । भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज तथा न्युजिल्यान्डविरुद्धको एक दिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिममा परेका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको १६ सदस्यीय टोलीमा भारतीय क्रिकेट टिमका धोनीले पनि पुनरागमन गरेका हुन् । यसअघि भारतले वेष्टइण्डिज र अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज खेल्दा टिममा धोनी अटाएका थिएनन् ।

भारतले अष्ट्रेलियासँग अहिले तेस्रो टेष्ट क्रिकेट खेल्ने तयारीमा छ । चार खेलको टेष्ट क्रिकेट सिरिज सकेपछि अष्ट्रेलियासँग भारतले एक दिवसीय क्रिकेट सिरिज खेल्नेछ । यो सिरिजमा धोनीले पनि खेल्ने छन् । तर, ऋषभ पन्त अष्ट्रेलिया र न्यूजील्याण्डविरुद्धको वनडे सिरिजमा अटाएका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१