विवाह मण्डपमा बेहुली माथि कुटपिट

ssapana44@gmail.com' jamuna aryal
१० पुष २०७५, मंगलवार १०:३७

तेह्रथुम । तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीमाथि कुटपिट भएको छ । 

सोमबार राति १०ः३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीय युवाहरुको समुहले आक्रमण गरेको थियो ।

उनीहरुको कुटपिटबाट बेहुली २२ वर्र्षीया प्रतिक्षा सम्बाहाम्फेसहित चार जना घाइते भएका छन् । 

प्रहरीले विवाहमा कुटपिट गर्ने पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १४ वर्षे ओमन लिम्बु, १७ वर्षे मन्दिप लिम्बु, १९ वर्षेद्धय सरोज लिम्बु र सुदीप लिम्बु तथा २१ वर्षेदिनेश लिम्बु हुन् । 

बेहुलीलाई थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइतेहरु बेहुलीका दाजु देउमान लिम्बु, सुमन खापुङ र टिकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१