चिसोमा किन दुख्छ जोर्नी, यसबाट कसरी बच्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० पुष २०७५, मंगलवार ०३:५९

काठमाडौं । रुघाखोकी लाग्ने, ज्वरो आउने, निमोनिया हुनेजस्ता समस्या जाडोमा बढी देखिन्छन् । यसबाहेक जोर्नीको दुखाइ पनि जाडोमा देखिने प्रमुख समस्या हो ।

खासगरी बिरामी, वृद्धवृद्धा र केटाकेटी जोर्नीको दुखाई लिएर अस्पताल आउँछन् । वाथरोगीले यो मौसममा विशेष ख्याग गर्नुपर्छ । चिसो मौसममा शरीरभित्र र बाहिरको प्रेसर ब्यालेन्स नमिल्दा जोर्नी दुख्ने गर्छ ।

जोर्नी, लिगामेन्ट र ट्युबमा बढी दबाब पर्छ । नसालाई बाहिरी दबाबले थिच्छ र जोर्नी दुख्छन् । जोर्नी दुखाइबाट बच्न बाहिर निस्कँदा न्यानो कपडा लगाउने, हातगोडा छोप्ने, जोर्नीलाई विशेष न्यानोपनसहितको सुरक्षा दिने, तातोपानीको बाफ लिने गर्नुपर्छ ।

नुहाउँदा तातोपानी प्रयोग गर्ने, भिटामिन डी खाने, बिहानको घाम ताप्ने गर्दा पनि यस्तो समस्याबाट छुटकारा मिल्छ । जोर्नीहरुमा मसाज तथा शारीरिक व्यायम गर्दा पनि दुखाइबाट मुक्ति मिल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१