जाडोमा यसरी गर्नुहोस् मेकअप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० पुष २०७५, मंगलवार ०३:५७

जाडो मौसम छ । बिहे र पार्टीमा जानुपर्ने पनि यही वेला बढी हुन्छ । किनभने, मंसिरमा लगन बढी नै पर्छ । तर, चिसोले छालालाई बढी सताउने पनि यही वेला गर्छ । यस्तो अवस्थामा अधिकांश तनावमा हुन्छन् । तर, तनाव लिनुभन्दा छालाको सुरक्षा र मेकअपको उचित तरिका जान्नु नै उत्तम हुन्छ :

मौसमअनुसार मेकअप गर्ने तरिका पनि फरक हुन्छ । तर, छालाको अवस्था राम्रो भए मात्रै मेकअप गरेको अर्थ रहन्छ । चिसोमा ब्राइट मेकअप गर्नु उपयुक्त हुन्छ । यो कलरले न्यानो अनुभव गराउँछ।
आँखालाई क्याट र स्मोकी लुक्स दिँदा जाडोमा राम्रो हुन्छ । डबल आइलाइनर तान्न पनि सकिन्छ । जुनसुकै लुक्स दिए पनि मस्कारा लगाउन भने भुल्नुहुँदैन । ब्लु, पर्पल, ओरेन्जजस्ता ब्राइट कलरका आइलाइनरमा सुन्दर देखिन्छ ।

गर्मी महिनामा लगाउन चाहेर पनि नपाएको नेलपोलिस जाडोमा मजासँग प्रयोग गर्नुहोस् । डार्क रेड, पर्पल, नेभी ब्लुजस्ता कलर लगाएर नङलाई आकर्षक बनाउन सकिन्छ । तर, यस्ता पोलिस लगाउनुअघि नङलाई निश्चित सेप दिन भने जरुरी हुन्छ ।
बेस मेकअपको प्रयोग बढी गर्नुहुँदैन । यसले सुन्दर देखाउनुको साटो अन्य असर गर्न सक्छ । जतिसुकै चिसो भए पनि फाउन्डेसन तथा मोस्चराइजरको प्रयोग गर्न भने भुल्नुहुँदैन । तर, यस्ता प्रोडक्ट एसपिएफ बढी भएको रोज्नुपर्छ ।
पफ्र्युम गर्मीमा मात्र प्रयोग गर्ने हो भन्ने मान्यता धेरैमा पाइन्छ । तर, चिसो मौसममा पनि पफ्र्युमको महत्व त्यति नै हुन्छ ।
वैवाहिक समारोहमा आकर्षक तथा ब्राइट कलरहरू प्रयोग गर्नुपर्छ । यसले लामो समयसम्म पनि फ्रेस देखाउन मद्दत गर्छ ।
लेहेँगाको कलर रातो, हरियो या गोल्डेनजस्तो भए पनि गोल्ड आई मेकअप सबैलाई सुहाउँछ । त्यस्तै, जुनकुनै डिजाइनको हेभी साडीमा पनि गोल्ड आई मेकअप सुहाउँछ ।
दिउँसोको कार्यक्रममा सहभागी हुने हो भने मेकअप हल्का गरेकै राम्रो हुन्छ । नेचुरल देखिने कोसिस गर्नुपर्छ ।
प्लस टिप्स
मेकअप गर्नुअघि छालाको सुरक्षामै जोड दिनु आवश्यक पर्छ । चिसो हावाका कारण छाला सुक्खा हुने भएकाले कोल्ड क्रिम लगाउने बानी बसाल्नुपर्छ । कोल्ड क्रिमले छाला नरम बनाउनुका साथै चम्किलो पनि देखाउँछ । त्यसैगरी ओठ फुट्ने समस्या पनि यही मौसममा बढी हुन्छ । ओठ सुक्खा भएको महसुस भएलगत्तै लिपबाम लगाउनुपर्छ ।

शारदा थापा
ब्युटिसियन
सौम्य ब्युटिपार्लर, जमल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१