‘रणवीर आमाबाबु भन्दा मसँग डराउछन् ।’: दीपिका

ssapana44@gmail.com' jamuna aryal
९ पुष २०७५, सोमबार १६:४७

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले अन्तर्वार्तामा रणवीर र उनको बारेमा रोचक कुरा सुनाएकी छन् । सो कुराले यी नव जोडिको विषयमा सञ्चार माध्यममा चर्चा चलेको छ । दीपिका र रणवीर सिंहले यस वर्षको नोभेम्बर १४  इटालीमा विवाह गरेका थिए । यस पछि, बेंगलुरु र मुम्बई को रिसेप्सन पार्टी दिइएको थियो ।

उनीहरूको विवाह पछि, यी जोडीहरू अहिले उनीहरूको व्यक्तिगत जीवनसँग जोडिएका कुराले निरन्तर चर्चामा छन्। उनीहरु  दुवै  शो वा कार्यक्रममा एकअर्काको प्रशंसा गर्नमा व्यस्त छन् । हालै एक साक्षात्कारमा दीपिकाले पुन एक पटक उनको विवाहको सुन्दर क्षणहरू बारे शेयर यरेकि छन् ।

फिल्मफेयरले लिएको एक अन्तर्वार्तामा दीपिकालाई विवाहकोको विशेष क्षण बारेमा  सोधिएको थियो । सो क्रममा उनले विवाह समयमा जब रणवीर उनको सिउदोमा सिन्दुर भर्दै थिए त उनलाई आफ्नो क्यारियरको पहिलो चलचित्र ‘ओम शान्ति ओम’ को एक चुट्कि सिन्दुर डाइलग्स याद आइ रहेको थियो ।  उनले भनिन् ‘धेरै विवाहमा भाग लिएको थिए तर यो धेरै विशेष अवस्थालाई आफ्नै विवाहमा अनुभव गरे ।’

यसपछि, अर्को प्रश्नको जवाफमा दीपिकाले भनिन् ‘रणवीर आमाबाबु भन्दा मसँग डराउछन् ।’ दीपिका भन्छिन्  ‘म धेरै वर्षदेखि एक्लै  थिएँ। अब हामी सँगै छौं। रणवीर आफ्नो काममा जान्छन्, म  आफ्नो काम जान्छु। तर, बिहान हामी सँगै उठ्छौं। यो विवाहको सबैभन्दा राम्रो कुरा हो।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१