बुटवल । दाङमा गत शुक्रबार भएको बस दुर्घटनाका घाइतेको अवस्था बारे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सोमबार ट्रमा सेन्टर पुगेर जानकारी लिएका छन् । दुर्घटनामा परी घाइते भएका मध्ये १२ जनालाई शनिवार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
उपचार गराइरहेका १२ मध्ये ६ जनाको उपचार भइरहेको ६ जनाको डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको छ । उपचार गराइरहेका मध्ये तीन जना आइसियुमा रहेका र दुई जनाको शल्यक्रियाको तयारी भएको लगायत घाइतेको उपचार बारे उपचारमा संलग्न डाक्टरले मुुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।
तुलसीपुरको राम्रीमा भएको दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया