न्यौपानेबस्तीमा सोमबार बिहान लागेको आगोले ठूलो क्षति

ssapana44@gmail.com' jamuna aryal
९ पुष २०७५, सोमबार १०:२१

कालिकोट । कालीकोटको पलाता गाउँपालिका-  १, खाडा गाउँस्थित न्यौपानेबस्तीमा सोमबार बिहान लागेको आगोले ठूलो क्षति भएको छ । बिहान साढे २ बजेतिरबाट आगलागी सुरु भए पनि अझैसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।

३२ बढी घर रहेका न्यौपाने बस्तीमा ३० घर जलीसकेको स्थानीयले बताएका छन् । खरले छाएका घर भएकाले आगोले बढी क्षति पुर्‍याएको बताइएको छ । यद्यपि, क्षतिको पूर्णविवरण आउन बाँकी छ ।

सुख्खा क्षेत्र भएको र फुसको छाना भएका घर भएकाले आगो निभाउन नसकिएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।

प्रमुख जिल्ला अधिकारी चन्दबहादुर कार्कीले प्रहरीलाई घटनास्थलमा पठाइएको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए । प्रजिअ कार्कीका अनुसार आगलागी भएको स्थान जिल्ला सदरमुकामबाट ३२ कोषको दुरीमा पर्दछ । नजिकको प्रहरी कार्यालयबाट पनि न्यौपाने बस्ती पुग्न चार घण्टा पैदल हिँड्नु पर्छ । सो बस्ती नजिक इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी कार्यालय पर्छन् ।

स्थानीयबासीलाई उद्धार तथा राहतका लागि नजिकका प्रहरी र सदरमुकामबाट सशस्त्र प्रहरीको टोली खटाइएको छ । आगलागी भएको स्थान पलाता गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेको गाउँ हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१