छाला र कपालको सौन्दर्यका लागि तुलसीको प्रयोग गर्ने तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७५, सोमबार ०४:०६

तुलसी यस्तो घरेलु जडिबुटी हो जसलाई आयुर्वेदा रामवाण नै मानिन्छ । तुलसीको प्रयोगबाट विभिन्न किसिमका स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ तर तपाइलाई थाहा नहुनसक्छ कि तुलसीको प्रयोग रुप रंग वा सुन्दर देखिनको लागि पनि गर्ने गरिन्छ ।

तुलसीमा कति यस्तो औषधीय गुण पाईन्छ जसले त्वचा तथा कपालसँग जोडिएका समस्यालाई समाधान गर्छ । आज हामी कपाल र छालाका लागि तुलसीको उपयोगिता बारे चर्चा गर्नेछौँ ।

डण्डीफोरबाट छुटकारा पाउन सकिन्छ

यदि तपाइ डण्डीफोरबाट दिक्क हुनभएको छ भने तुलसीको प्रयोग गर्नुहोस् । जसको लागि तुलसी र नीमको पातलाई एकसाथ पिस्ने र लेप तयार गर्ने । उक्त लेपमा थोरै मह मिसाएर डण्डीफोरमा लगाउने र सुकेपछि पखाल्ने । यस्तो नियमित रुपमा गर्ने हो भने डण्डीफोरबाट छुटकारा पाईन्छ ।

कपालमा परेको चाँयाबाट छुटकारा पाउन सकिन्छ
यदि तपाइ चाँया परेर हैरान हुनुभएको छ भने तुलसीको लेप बनाएर अमलाको पाउडरमा मिलाउनुहोस् । तयार भएको लेपलाई कपालमा लगाउनुहोस् र केही समयपछि पखाल्नुहोस् । यसो गर्नाले चाँया हट्छ ।
दाँतमा चमक लेराउन सहयोगीसिद्ध हुन्छ
दाँतमा पहेँलोपन देखिनु आम समस्या हो । यस्तो समस्याको समाधान गर्नका लागि तुलसीको पातलाई सुकाएर पाउडर बनाउनुहोस् । उक्त पाउडरलाई सुन्तलाको बोक्राको धुलोमा मिसाएर लेप बनाउनुहोस् र यस्तो लेपले दैनिक दाँत माझ्ने गर्नुहोस् । यसो गर्नाले तपाइको दाँतमा चमक आउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१