नाइटोमा नरिवलको तेल लगाउँदा के के फाइदा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७५, सोमबार ०४:०४

नरिवलको तेल हरेक हिसाबले उपयोगी मानिन्छ। चाहे खानका लागि होस् वा केसको सौन्दर्यका लायिग। यसमा स्याचुरेटेड फ्याटको मात्रा अत्यधिक हुने भएकाले यसको पोषण महत्व पनि बढि हुन्छ।

नरिवलको तेललाई एक औषधिको रुपमा पनि प्रयोग गरिन्छ। यसलाई नाइटोमा लगाउँदा धेरै किसिमका स्वास्थ्य लाभ हुने विश्वास लिइदै आएको छ।

हजारौं वर्ष अगाडिदेखि नै नरिवलको तेललाई आयुर्वेदमा प्रयोग गर्न थालिएको हो। यो तेलले शरीरका आन्तरिक भागहरुमा धेरै किसिमका लाभ दिने र धेरै बिमारीहरु बचाउने विज्ञरु बताउँछन्। आउनुस नरिवलको तलका फाइदाहरुबारे चर्चा गरौं।

१. प्रजनन क्षमता बढ्छः लामो समयदेखि विश्वास गरिदै आएको छ कि नरिवलको तेलले फर्टिलिटी रेट बढाउन सहयोग गर्छ। किनकी यसमा ट्राइग्लिसराइड पाइन्छ।

२. उर्जा बढाउँछः नरिवलको तेलले खेलाडीहरुलाई उर्जा दिने र उनीहरुको शारीरिक स्थिति सुदृढ गर्न मद्दत गर्छ। यसका अलावा रुघाको ज्वरोबाट पनि बचाउँछ।

३. पेटका मांसपेशी र मासिक धर्ममा आरामः नरिवलको तेलमा एन्टि अक्सिडेन्ट गुण हुने भएकाले पेटको मांसपेशीहरुको तन्काईको कारणले उत्पन्न हुने दुखाईमा आराम दिन्छ।

४.आँखाका लागि लाभकारीः नरियलको तेलको प्रयोगले तपाईंको दृष्टि अत्यन्त राम्रो हुन्छ।

कसरी लगाउने ?
सबैभन्दा अगाडि कपास लिने । कपासलाई नरिवलको तेलमा डुबाउनुपर्छ । त्यसपछि यसलाई आफ्नो नाइटोमा केही बेरका लागि राख्ने गरौं । १५ मिनेटसम्म त्यहाँ मसाज गर्नुपर्छ ।

यो किन लाभकारी छ ?

नाइटो यस्तो ठाउँ हो जहाँबाट बच्चाले अम्बलिकल कर्डद्वारा आफ्नो पोषण लिन्छन् । यस ठाउँबाट कैयन नशाहरु एकअर्कासँग जोडिएका हुन्छन्। त्यसैले नाइटोमा तेल दल्दा आन्तरिक अंगका लागि फाइदाजनक हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१