पाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको बताएका छन् । स्याङ्जाको चापाकोटमा आयोजित चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको समापन गर्दै नेता थापाले बलियो मान्छे चुलबुल हुन्छ मेसो पाउदैन त्यस्तै ईतिहासकै बलियो केपी ओली नेतृत्वको सरकार पनि मेसो नपाएर बरालिएको बताएका हुन् ।
“बलियो सरकारले गरेका सम्पूर्ण कार्यहरु जनहित अनुसार पूरा हुनुपर्छ’ थापाले भने, ‘कमजोर सरकार बरालियो भने सम्हाल्न सकिन्छ तर बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो परेको छ । बिपिले २०१५ सालमा हरेक सर्वसाधारणको सानो घर र स्वाथ्य सेवा पुगोस भन्नुभयो तर २०७५ मा ओलीले चुच्छे रेल र पानी जहाजको सपना बाढ्नु भो, दु:खका साथ भन्नुपर्छ विकासको यहि त्रुटिपूर्ण सोच अहिलेको सरकारसंग छ ।’
४ बर्ष यो सरकारले काम गरोस् थापाले भने ‘अर्को पटक हामी हराउन चाहान्छौ ।
प्रतिक्रिया