ठमेलमा ‘छायाँदेवी सेन्टर कम्प्लेक्स’

ssapana44@gmail.com' jamuna aryal
८ पुष २०७५, आईतवार १७:३८

काठमाडौं । पर्यटकीय केन्द्र ठमेलमा ‘छायाँदेवी सेन्टर कम्प्लेक्स’ तयार भएको छ । करिब ५ अर्ब रुपैयाँ खर्चिएर तयार भएको छायाँ सेन्टरको औपचारिक उद्घाटन आगामी मंगलबार विशेष समारोहका बीच पर्यटनमन्त्री रविन्द्र अधिकारीले गर्दैछन् । यसलाई ‘ठमेलभित्रको सानो ठमेल’का रुपमा कम्पनीले प्रवर्द्धन गरिरहेको छ ।

ठमेलमा पर्यटकका लागि उपलब्ध हुने सबै किसिमका सेवा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ मान्न सकिने प्रवर्द्धकहरुको भनाइ छ ।

हाल छायाँ सेन्टरमै खुल्न लागेको अलफ्ट होटेल आगामी मार्च महिनादेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

ठमेलमा करिब १५ रोपनीमा बनेको यो व्यापारिक कम्प्लेक्समा पाँचतारे होटेल पनि खुल्न लागेको हो । हाल अलफ्ट होटलले इन्टेरियर डिजाइनको काम गर्दैछ । होटलबाहेक अन्य सुविधाहरु अब मलभित्र उपलब्ध छ ।

मलमा स्टल बुक गरेका ब्राण्ड र पसलहरुमध्ये धेरैले ओपनिङ तीव्र बनाएका छन् । केहीले इन्टेरियरको काम गरिरहेका छन् भने धेरैले आफ्नो सेवा थालिसकेका छन् ।

छायाँ सेन्टरका निर्देशक सुमन पाण्डेका अनुसार अहिले अलफ्ट होटेलको इन्टेरियर डिजाइनिङको काम तीव्र गतिमा भइरहेको छ । यो होटेल स्टारउडको ‘अलफ्ट ब्रान्ड’का नाममा सञ्चालनमा आउन लागेको हो । स्टारउडले अहिले विश्वभर एक दर्जन ब्रान्डमार्फत चेन होटेलहरु सञ्चालन गर्दै आएको छ । यो होटलको व्यवस्थापन पनि उसैले हेर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१