धराहराको पुनर्निमाण शिलान्यास पुस १२ गते हुने

ssapana44@gmail.com' jamuna aryal
८ पुष २०७५, आईतवार १७:३२

काठमाण्डौँ । भूकम्पले भत्किएको धराहराको पुनर्निमाण शिलान्यास पुस १२ गते हुने भएको छ । आउँदो बिहीबार धरहरा परिसरमै एक कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका हुन् ।

शिलान्यासपछि धरहरा पुनर्निर्माणको कामले गति लिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले अनलाइनखबरलाई जानकारी दिए । ‘धरहरा निर्माण क्षेत्रमा प्रोटेक्सन पालिङ (छेकबार) गर्ने काम भइसकेको छ । अब शिलन्यास लगत्तै धमाधम काम शुरु हुनेछ’, उनले भने ।

उनका अनुसार धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतका काम भइसकेका छन् । मंसिरमै जग खन्न शुरु गर्ने तयारी रहे पनि टेलिकमको अण्डरग्राउण्ड फाइबर, खानेपानीका पाइप विद्युतका तार परिसर क्षेत्रमा परेकाले ढिलाइ भएको मानन्धर बताउँछन् ।

‘टेलिकमको फाइबर पनि त्यतै बिछ्याएर लगिएको रहेछ, खानेपानीको पाइप, विद्युतका अण्डरग्राउण्ड केबलको व्यवस्थापनले केही ढिलो भयो’, उनले भने ।

भत्किएको धरहरालाई संरक्षण गर्न चारैतिरबाट प्रोटेक्सन पालिङको काम भइरहेको छ । ‘धरहराको ठूटोमाथि छत राख्ने काम सकिएको छ, अब चारैतिरबाट १० मिलिमिटरको टेम्परग्लासले घेर्छौं’, उनले भने ।

पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो । मानन्धरका अनुसार कम्पनीले ३ अर्ब ४५ करोडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गर्न ठाउँ छुट्याइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१