प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध ५ वटा उजुरी

ssapana44@gmail.com' jamuna aryal
८ पुष २०७५, आईतवार १२:१७

काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध अहिलेसम्म ५ वटा उजुरी परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको संवैधानिक परिषदले मंसिर २७ गते जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संघीय संसद सचिवालयको संसदीय सुनुवाई विशेष समितिले जबराविरुद्ध आउँदो बुधबारसम्म उजुरी दिन आह्वान गरेको छ ।

जबराविरुद्ध गएको शुक्रबारसम्म ५ वटा उजुरी परेका संसद सचिवालयका सहसचिव भरत गौतमले जानकारी दिनुभयो ।

उजुरीकर्ताले स्पष्ट परिचय खुलाएर उजुरी दिनुपर्नेछ । तर उजुरीकर्ताले चाहेमा परिचय गोप्य राखिने भन्दै आयोगले ढुक्क भएर उजुरी गर्न सकिनेछ । प्रस्तावित प्रधानन्यायाधीश जबराको आउँदो आइतबार संसदीय सुनुवाई गर्ने तयारी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१