फिफा क्लब विश्वकपको उपाधि रियल मड्रिड लाई

ssapana44@gmail.com' jamuna aryal
८ पुष २०७५, आईतवार १०:५५

काठमाण्डौँ । फिफा क्लब विश्वकपको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । युएईको आबु धावीमा भएको खेलमा घरेलु टिम अल ऐनलाई ४–१ ले हराउँदै रियल लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भयो ।

समग्रमा रियलको यो चौथो क्लब विश्वकप उपाधि हो । १४औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा रियल १–० ले अघि रह्यो । 

मर्कोस लोरेन्टेले २५ यार्ड टाढाबाट हानेको प्रहार गोलमा परिणत भएपछि रियलले खेलको ६०औं मिनेटमा रियलले अग्रता २–० मा लम्ब्यायो । ७८औं मिनेटमा सर्जियो रामोसले लुका मोड्रिचको कर्नर प्रहारलाई हेडमार्फत गोलमा परिणत गरेपछि रियलले उपाधि करिब करिव निश्चित बनायो । 

८६औं मिनेटमा शुकासा शिओटानीले अल ऐनका लागि गोल गर्दै रियलको अग्रता घटाउने प्रयास गरेपनि इन्ज्युरी समयमा याया नदेरले इन्ज्युरी समयमा आत्मघाती गोल गरेपछि रियल ४–१ ले विजयी भयो ।
 
रियलले अन्य धेरै मौका गुमाएको थियो । लुकास भाज्क्वेजले शुरुवाती समयमा गरेको प्रहार पोस्टमा लागेको थियो । सेमिफाइनलमा ह्याट्रिक गरेका ग्यारेथ बेलको एउटा बाइसाइकल किक बारको केही इन्चमाथिबाट बाहिरिन पुग्यो ।

खेलमा रियलले कुल २४ सट प्रहार गर्दा नौ सट फ्रेममा परेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१