इन्डोनेसियामा सुनामीमा , कम्तिमा ४३ जनाको मृत्यु

ssapana44@gmail.com' jamuna aryal
८ पुष २०७५, आईतवार १०:५१

काठमाडौं । इन्डोनेसियामा आएको सुनामीमा परेर अहिलेसम्म कम्तिमा ४३ जनाको मृत्यु भएको छ । सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर ५ सय ८४ जना घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीलाई उधृत गर्दैै बीबीसीले जनाएको छ । 

सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको आशंका गरिएको छ ।

सुमात्रा र जावा द्वीपको बीचमा रहेको सुन्डा स्ट्रेट हिन्द महासागरसँग जोडिएको छ । सुनामीले सयौं सवारी साधनमा समेत क्षति पुर्याएको छ ।

सडकसम्म पानी पसेकाले सवारी आवागमन बन्द भएको छ । थुप्रै भवनहरु भत्केका छन् । 

उद्धारमा खटिएका अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने उल्लेख गरेका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१