लाङटाङमा रहेको विमानस्थल बगरमा परिणत

ssapana44@gmail.com' jamuna aryal
७ पुष २०७५, शनिबार ११:३३

रसुवा  ।  पर्यटकीय क्षेत्र लाङटाङमा रहेको विमानस्थल बगरमा परिणत भएको छ । निर्माण भएको लामो समयसम्म सञ्चालनमा ल्याउन नसक्दा विमानस्थल बगरमा परिणत भएको हो । 

जिल्लाको गोसाईकुण्ड गाउँपालिका–४ क्यान्जिन उपत्यकामा रहेको विमानस्थल ४० वर्षअघि निर्माण भएको थियो । नेपालको मुस्ताङमा भएको खम्पा विद्रोहपछि सीमा सुरक्षाका लागि यहाँ विमानस्थल निर्माण गरिएको हो । 

बिद्रोहको समयमा खाद्यान्न ढुवानीका लागि भनेर निर्माण गरिएपनि कुटनीतिक रूपमा सीमा सुरक्षाका लागि निर्माण गरिएको देखिन्छ । बन्द रहेको विमानस्थल सुचारु गर्न सकिएमा पर्यटकलाई केही दिन बढी राख्न सकिने क्यान्जिनका होटल व्यावसायी कर्मा तामाङले बताउनुभयो । 

‘विमानस्थल सञ्चालनमा आएपछि दुई पटकसम्म उडान भयो, उहाँले भन्नुभयो, त्यसपछि विमानस्थल बन्द भयो ।’ हेलिकप्टर अवतरणका लागि क्यान्जिनमा हेलिप्याड भएपनि सुधार गर्न नसक्दा दुर्घटनाको जोखिम रहेको उहाँको भनाइ छ ।

विमानस्थल निर्माण भएपछि नियमित यात्रु नपाउँदा बन्द गरिएको अर्का होटल व्यावसायी ग्याल्बु लामाको भनाइ छ । ‘त्यतीबेला यात्रु पाउन गाह्रो हुन्थ्यो, उहाँले भन्नुभयो, तर अहिले त यात्रु जति पनि पाइन्छ ।’

लाङटाङ क्षेत्रमा रहेका एक दर्जन हिमश्रृङ्खला हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक जाने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१