मेलम्ची आयोजना: ठेकदारको धरौटी रोक्का नगर्न अदालतको आदेश

ssapana44@gmail.com' jamuna aryal
७ पुष २०७५, शनिबार ११:१३

काठमाडौं । काम छाडेको मेलम्ची आयोजनाको ठेकदार कम्पनीको धरौटी रकम रोक्का नगर्न सरकारलाई अदालतले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनले मेलम्ची आयोजनाको इटालियन ठेकेदार कोपराटिभा एण्ड सेमेन्टिस्टी सीएमसीडी रभिनाको धरौटी रकम रोक्का नगर्न सरकारलाई आदेश दिएको हो । इटालियन कम्पनीले एकतर्फी रुपमा काम छाडेर हिँडेपछि खानेपानी मन्त्रालयले उक्त कम्पनीको नेपाल इन्भेस्टमेन्ट बैंक र स्टान्डर्ड चार्टर्ड बैंकमा रहेको धरौटी रकम रोक्का गरेको थियो ।

खानेपानी मन्त्री विना मगरले बिहीबार संसदको अर्थ समितिको बैठकमा इटालियन ठेकेदारले काम छाडे पनि धरौटी रकम रोक्का गरेकाले आर्थिक रुपमा घाटा नलाग्ने प्रतिक्रिया दिएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१