यि ६ वटा खानेकुरा जसलाई पुनः तताएर खाँदा क्यान्सरको खतरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०७५, शनिबार ०५:०६

सबैको घरमा हुने सामान्य प्रक्रिया हो एक समय पकाएको खाना फेरि तताएर खानु । यो सामान्य लागेपनि कतिपय खानेकुरा फेरि तताएर खानु निकै हानिकारक हुन्छ । कतिपय यस्ता खानेकुरा पनि छन्, जुन पुनःतताएर खाँदा क्यान्सर जस्तो भयानक रोगको समेत खतरा हुन्छ । आज हामी त्यस्ता खाने कुराको बारेमा जानकारी दिन्छौँ ।

कुखुराको मासु
कखुराको मासुलाई दोहोराएर तताएर खानु हानिकारक हुन्छ किनकनी यसमा पाइने प्रोटिन कम्पोजिशन पुनःतताउँदा बदलिन्छ, जसको कारण पाचन सम्बन्धी समस्या हुन्छ ।

आलु
तरकारीको राज मानिने आलुलाई स्वास्थ्यबर्धक मानिन्छ । आलुको परिकारलाई लामो समयसम्म राख्दा यसमा भएको पोषक तत्व नास भएर जान्छ साथै आलुको परिकारलाई पुन तताएर खाँदा पनि पाचन सम्बन्धि समस्या देखिन्छ ।
चुकन्दर
चुकन्दरलाई पनि दोराएर तताउनु हुँदैन । यसको परिकारलाई पुनः तताउँदा यसमा पाइने नाइट्रट नाश भएर जान्छ ।
च्याउ
च्याउ सकेसम्म सधैँ ताजा नै खानुपर्दछ । च्याउलाई प्रोटिनको भण्डार नै मानिन्छ । पकाएको च्याउलाई फेरि तताएर खाँदा यसमो पाइने प्रोटिनको कम्पोजिसन फेरिन्छ जुन स्वास्थ्यको लागि निकै हानिकारक हो ।
त्यस्तै एक पटक पकाईसकेको खाने कुरा पुनः तताउन नहुने सूचीमा अण्डा र पालुङ्गोको साग पनि पर्दछ ।
यि माथि उल्लेखित खानेकुरा पुनः तताउँदा यसमा पाईन प्रोटिन नष्ट भई उत्पन्न तत्वले क्यान्सर निम्त्याउन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१