भ्लादिमिर पुटिनको विहे हुँदै

ssapana44@gmail.com' jamuna aryal
६ पुष २०७५, शुक्रबार १७:०६

मस्को । रूसी राष्ट्रपति व्लादिमीर पुटिनले छिट्टै नै अर्को विहे गर्ने तयारी गरिरहेको खुलेको छ। आफूले फेरि विहे गर्न लागेको बिहीबार पुटिन आफैंले खुलासा गरेका हुन् । तर, उनले विहे गर्ने महिलाको बारेमा भने केही पनि खुलाउन चाहेनन् । अरु समयमा आफ्नो पारिवारिक र व्यक्तिगत विषयलाई गोपनीय राख्न चाहने पुटिनले विहीबार एक पत्रकारको सवालमा यस्तो बताएको नवभारत टाइम्सले जनाएको छ । अहिले पुटिन ६६ वर्षका भए । 

अन्तरराष्ट्रिय स्तरको आर्थिक विषयमा कुराकानी गर्नको लागि बोलाइएको पत्रकार सम्मेलनको क्रममा एक संवाददाताले यस बारे प्रश्न गरेका थिए । सो प्रश्नको उत्तरमा मुस्कुराउँदै पुटिनले भने ‘एक सम्मानजनक व्यक्तिको रुपमा म फेरि पनि एक पटक विहे गर्ने तयारीमा छु ।’ पुटिनको १९८३ मा पहिलो पटक ल्युडमिला नामक युवतीसँग विहे भएको थियो । २०१३ मा उनीहरुबीच सम्बन्ध विच्छेद भएपछि पुटिन अहिले एक्ला छन् । पुटिन टाइम्स पत्रिकाको विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिको सूचीमा पहिलो नम्बरमा परेका व्यक्ति हुन् । उनले विहे गर्ने महिला शक्तिशाली प्रथम महिला बन्नेछिन् । 

जिम्नास्ट एलिना काबाएवासँगको सम्बन्धमा थिए पुटिन
पुतिनकी छोरीहरु क्याट्रिना तथा मारिया करिब ३० वर्षका भएका छन् । यी दुबै छोरीहरु राजनीतिलार्इ रुचाउने खालका छैनन् । त्यसैले पनि हुन सक्छ उनीहरुलाई कहिलैपनि सार्वजनिक कार्यक्रममा भेटिँदैन । ल्यूडमिलासँग सम्बन्धविच्छेद भएपछि पुटिनको जिन्दगीको विषयलाई लिएर धेरै सवालहरु उठ्ने गरेका थिए । 

केही दिन पहिले पुटिनको एक रुसी अखवारमा पूर्व ओलम्पिक जिम्नास्ट अलिना काबाएवासँग उनको सम्बन्ध रहेको रिपोर्ट प्रकाशित भएको थियो । जसलार्इ ुटिनले खण्डन गरेका थिए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१