चलचित्र ‘जीरो’ बाट हिरो बन्न सकेन

ssapana44@gmail.com' jamuna aryal
६ पुष २०७५, शुक्रबार १६:५९

काठमाडौं । बलिउड चलचित्र ‘जीरो’ राम्रो सम्भावना बिच चुकेको छ । चलचित्रमा सुपरस्टार शाहरुख खान उनको रोमान्टिक स्टारडमबाट बाहिर निस्किएर बाम पुड्के बनेका छन् । साथै  निर्देशक आनंद लाल रायले आफ्नो सेफ साइटबाट बाहिर निस्किएर केहि फरक गर्ने  प्रयास गरेका छन् । तर चलचित्रमा दुवै सफल भने हुन सकेन। स्टार र निर्देशकले चलचित्रको सम्पर्ण रुपमा यसरी काम गरेकी चलचित्र कृत्रिम जस्तो देखिन्छ।

 
चलचित्र बउआ सिंह (शाहरुख खान) को संसारबाट सुरु हुन्छ। बउआ सिंह  बाम पुड्के  छ र उ जुन परिस्थितिमा छ त्यसको लागि भगवान र तिनका आमाबाबु (तिघमान्शु ढुलिया र शिबा चाड) सँग दु:खी छ। उसको एक बाल्यकालको साथी छ जसको नाम हो गीता अयूबहो । बउआ सिंह शारीरिक चुनौतिहरूको कारण उसको महत्त्वकाक्षा  सीमित गर्दैन। उ एक स्टार बेबिता कुमारी (कट्रिना कैफ) संग जिवन बिताउने सपना देख्छन्। यसबीच  अफिया भिण्डर (अनुष्का शर्मा) नामक गरेकी एक वैज्ञानिकसँग भेट हुन्छ । जो मस्तिष्क रोगबाट पीडित छिन् । उसलाई जान्नु अघि नै  बउआ सिंह रोमान्टिक त्रिकोणमा फसेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१