राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र

ssapana44@gmail.com' jamuna aryal
६ पुष २०७५, शुक्रबार १३:२६

सिन्धुपाल्चोक । ७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखसहित सिन्धुपाल्चोकको पर्यटकीय स्थल मेलम्चीको गुफाडाँडामा हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र पारिएको छ।

मूल आयोजक समितिले जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरउपर छलफल गर्न पुस १५ देखि तीन दिन चल्ने सम्मेलनको तयारी तीव्र गतिमा अघि बढाइएको जानकारी दिएको हो। जिल्ला समन्वय समितिका प्रमुख गोपाल (कृष्णगोपाल) तामाङले सम्मेलन सफलतापूर्वक सम्पन्न गराउन मूल आयोजक समितिसहित विभिन्न १२ उपसमिति र विभाग बनाएर तयारी थालिएको बताए।

‘औद्योगिक मुलुकहरुले कार्वन उत्सर्जन गर्दा त्यसको मार खेप्ने राष्ट्रहरुलाई शुल्क तिर्नुपर्ने व्यवस्थाका लागि सम्मेलनमार्फत दबाव दिन्छौं,’ सम्मेलन मूल आयोजक समितिका संयोजक रहेका तामाङले भने। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको व्यवस्थापन र जिल्ला समन्वय समिति महासंघको आयोजनामा सम्मेलन हुन लागेको हो।

मेलम्ची नगरपालिकास्थित ज्यामिरेको २ हजार ५ सय २० मिटरको उचाइमा अवस्थित गुफाडाँडामा हुन लागेको सम्मेलनमा सतहत्तरै जिल्लाका प्रमुख, उपप्रमुखसहित तीन–तीन जनाको सहभागिता रहनेछ। त्यस्तै प्रदेश नं. ३ का मुख्यमन्त्री, मन्त्री, जिल्लाबाट संघीय संसद् र प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने सांसद, सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई सम्मेलनमा अतिथिका रूपमा निम्त्याइनेछ। पुस १६ गते सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१