गुगल खोजको दुरुपयोग

ssapana44@gmail.com' jamuna aryal
६ पुष २०७५, शुक्रबार १३:२२

एजेन्सी । ट्वीटर र फेसबुकका सयौं प्रयोगकर्ता यस्तो दाबी गरेका छन् कि ‘गुगल सर्च इन्जिनामा ‘इडियट’ खोजी गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ‘भिखारी’ सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नाम आउने गरेको छ । 

बुधबारदेखि भारतमा पनि यस्तै किसिमको कुराले चर्चा पाएको छ । ‘बार गर्ल इन इण्डिया’ वा ‘इटालियन बार गर्ल’ गुगल गर्दा कांग्रेस अध्यक्ष राहुल गान्धीकी आमा सोनिया गान्धीलाई देखाएको अधिकांश भारतीयहरुले दाबी गरेका छन् ।  

गुगल ट्रेन्डसका अनुसार १९ डिसेम्बरमा दिन भारतमा अत्याधिक मात्रामा बार गर्ल इन इण्डिया सर्च भएको पाइएको छ । भारतको उत्तराखण्ड, झारखण्ड, छत्तीसगढ, राजस्थान र उत्तर प्रदेशका मानिसले अत्याधिक मात्रामा बार गर्ल इन इण्डिया खोजी गरेका थिए ।  

कसरी आयो सोनिया गान्धीको नाम ?

सामाजिक सन्जाल प्रयोगकर्ताले ‘बार गर्ल इन इण्डिया’ भन्दा कसरी आयो सोनिया गान्धीको तस्बिर भनेर प्रश्न गरेका छन् । 

यसअघि इडियट खोज्दा अमेरिकी राष्ट्रपति ट्रम्पलाई देखाइएको बारेमा गुगलले जवाफ नै दिनुपरेको थियो । गुगलका अधिकारीका अनुसार जुन शब्दमा प्रयोगकर्ताले कोही नेताको नाम खोजी गर्छन् यसको असर खोजीको नतिजामा पर्छ । 

भारतमा पाँच राज्यको विधानसभा चुनावको नतिजा आएपछि सोनिया गान्धीको विरुद्धमा सामाजिक सन्जालमा एउटा अभियान चलाइएको थियो । केही समूहले सामाजिक सन्जालमा सोनिया राजीव गान्धीसँग विवाह गरेर भारत आउनु अघि इटालीमा बार डान्सर रहेको आरोप लगाएका थिए ।

केही फेसबुक प्रयोगकर्ता तस्बिर समेत राखेर इटालियन बार गर्ल इन इण्डिया सर्च गर्न आग्रह पनि गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१