चिन्ताले अत्यधिक ग्रसित हुनुहुन्छ ? खानुहोस् यी खानेकुरा

ssapana44@gmail.com' jamuna aryal
६ पुष २०७५, शुक्रबार १२:५२

काठमाण्डौँ । सायद कम व्यक्ति हुनुहुन्छ होला तनाव र चिन्ताले ग्रसित नभएको । यदि तनाव र चिन्ताले अत्यधिक ग्रसित हुनुहुन्छ र यो समस्याबाट मुक्ति चाहनुहुन्छ भने सबैभन्दा पहिले त आफ्नो खानपानमा ध्यान दिनुपर्ने हुन्छ । यो अवस्थामा फाइबरयुक्त खानेकुरा तपाईंका लागि उपायोगी हुन सक्छ ।

दाल, गेडागुडी, ओट्स, फलफूल, ड्राइ फ्रुट्स, दूग्धजन्य पदार्थ, हरियो सागसब्जीहरुमा फाइबरको मात्रा धेरै हुन्छ । शोधकर्ताहरुका अनुसार प्रचुर मात्रामा फाइबरयुक्त खानेकुराले मानिसको तनावको स्तर कम गर्छ ।

तनावको कारणले पेटमा कैयौं परिवर्तन आँउछन् र यसले दिमागमा पनि असर पार्छ । अध्ययनको परिणामअनुसार ‘गट’ ब्याक्टेरियाले पैदा गर्ने शर्ट चेन फ्याटी एसिड (एससीएफए) पेटका कोषहरुको लागि पोषणको प्रमुख स्रोत हो र खानामा फाइबरको उच्च मात्राले शर्ट चेन फ्याटी एसिडको उत्पादनलाई बढाउँछ ।

शोधकर्ताहरुले परिक्षणको लागि मुसामा यो अध्ययन गरेका थिए । मुसामा तनावको प्रतिकुल प्रभावलाई कम गर्नको लागि फाइबरबाट समृद्ध खाद्य पदार्थ खुवाइएको थियो । यो अध्ययन ‘द जर्नल अफ फिजियोलोजी’मा प्रकाशित भएको छ । अध्ययन गरिएका मुसा तनाव र डिप्रेशनको लक्षणबाट गुजि्ररहेका थिए र यसको असर उनीहरुको व्यवहार दिमाग तथा सामाजिक सम्बन्धमा पनि परिरहेको थियो ।

फाइबरयुक्त खाना खाएपछि एससीएफएको बढ्दो स्तरको कारण मुसामा तनाव र बेचैनीको स्तर कम भएको देखिएको थियो । शोधकर्ताहरुको भनाईअनुसार लामो समयसम्म तनाव भएमा त्यसको असर आन्द्रामा पर्छ र यसले पेट मात्र नभएर पुरै शरिरमा बाधा उत्पन्न गराउँछ । एससीएफएको माध्यमले यसको उपचार गर्नु राम्रो हुन्छ ।

यो अध्ययनबाट गट ब्याक्टेरियाको कारण दिमाग र व्यवहारमा पर्ने सकारात्मक प्रभावलाई लिएर एक नयाँ तथ्य अगाडि आएको छ । अध्ययनअनुसार खानपानमा पर्याप्त मात्रामा स्वस्थ र फाइबरयुक्त आहार लिएर तनावसँग सम्बन्धित समस्याबाट लड्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१