नेप्सेद्वारा ३ वाणिज्य बैंकसहित ५ बैंकको सेयर कारोबार रोक्का

ssapana44@gmail.com' jamuna aryal
६ पुष २०७५, शुक्रबार १२:४७

नेपाल स्टक एक्सचेञ्जले ५ बैंकको सेयर कारोबार रोक्का गरेको छ । सूचीकरण नियमावलीको कार्यान्वयन नगरेको पाइएपछि ३ वाणिज्य बैंकसहित ५ बैंकको सेयर कारोबार रोक्का गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अनलाइनखबरलाई बताए ।

प्रवक्ता पराजुलीका अनुसार वाणिज्य बैंकहरुमा सनराइज बैंक, हिमालयन बैंक र मेगा बैंकको कारोबार रोकिएको छ भने विकास बैंकहरुमा मिसन डेभलपमेण्ट बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ ।

सूचीकरण नियमावली साथै परिपत्र समेतलाई बेवास्ता गरेको पाइएपछि कारोबार रोक्का गर्ने निर्णय गरिएको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१