पुस १० गते सार्वजनिक बिदा दिन माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ पुष २०७५, शुक्रबार ०४:३६

काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ मा सार्वजनिक बिदाको माग गरेको छ ।यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सिवी गहतराजले उक्त समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा वर्षमा एक दिन सरकारले बिदा दिनुपर्ने बताउनुभयो ।

दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकामा गत वर्षदेखि बिदा कटौती गरिएको महासङ्घले जनाएको छ । देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको बताइएको छ । सरकारसँग भएको छ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत मागसमेत महासङ्घले अघि सारेको छ ।

महासङ्घले गत महीना सम्पन्न गरिएको एशिया प्यासिफिक समिटले आफ्नो समुदायको भावनामा गम्भीर चोट पु¥याएकाले सरकारले त्यसको समीक्षा गर्नुपर्ने जनाएको छ । बाइबलको मर्मविपरीत गठन भएको उक्त संस्थाले मुलुकमा अस्तित्वमा रहेका सबै धर्मावलम्बीसँग सद्भाव साटेर बसेका नेपाली क्रिश्चियन समुदायलाई बदनाम गरेको अध्यक्ष गहतराजले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१