राष्ट्र बैंकको चेतावनीपछि बैंकहरु डराए, भोलिदेखि नै ब्याजदर घटाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ पुष २०७५, शुक्रबार ०३:५०

काठमाडौं । ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा बढ्दै गएपछि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंकले कडा चेतावनी दिएको छ ।

बिहीबार बालुवाटारमै बोलाएर सीईओहरुलाई तत्काल ब्याजदर घटाउन राष्ट्र बैंकले चेतावनी दिएको हो ।

बैंकठमा गभर्नर डा. चिरञ्जीवि नेपाल, डेपुटी गभर्नरद्वय श्रेष्ठ र चिन्तामणि सिवाकोटी नै सहभागी थिए । करिब २ घण्टा चलेको बैठक अपरान्ह ३ बजेमात्रै सकिएको थियो ।

राष्ट्र बैंकले ब्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९.२५ प्रतिशत, संस्थागत मुद्धति खातामा ८.५, बचतमा ६.५ र कल डिपोजिट ४.५ प्रतिशत ब्याज दिन भनेको छ ।

राष्ट्र बैंकको कडा चेतावनीलगत्तै बैंकर्स स‌ंघको बैठक बसेको थियो । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस अघि बचत तथा निक्षेपको ब्याजदरको अधिकतम सीमा तोकेको थियो । निक्षेपमा ११ प्रतिशभन्दा बढी ब्याज दिन नपाइने गरी संघले सीमा लगाए पनि पछिल्लो समय तरलता समस्या बढेको भन्दै त्यो सीमा फुकुवा गरिएको थियो ।

संघले लगाएको सीमा फुकुवा भएसँगै बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका थिए । अब पुनः फेरि संघले सीमा लगाउने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१