नेपाली ८ महिला १९९ पुरुष युएईको जेलमा

ssapana44@gmail.com' jamuna aryal
५ पुष २०७५, बिहीबार १६:४१

युएई । संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको संख्या बढेको छ । राजधानी अबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक अनुसार अहिले ८ महिला र १९९ पुरुष जेलमा छन् ।

दूतावासले एक साताअघि सात मध्ये ६ वटा इमिरेट्सका ८ वटा कारागारबाट यो तथ्यांक संकलन गरेको हो । दूतावासले ६ महिनाअघि सरकारलाई पठाएको प्रतिवेदनमा १२ महिलासहित १८५ जना नेपाली युएईका जेलमा थिए ।

पछिल्लो तथ्यांक अनुसार, आबुधाबीको अल आत्वा जेलमा सबभन्दा धेरै १०६ जना नेपाली पुरुष छन् । त्यस्तै, दुबईको अल अविर सेन्टर जेलमा चार महिला र ६४ जना पुरुष तथा अलऐनको मनाशिर जेलमा १४ जना पुरुष रहेका छन् ।

अजमानको जेलमा चारजना पुरुष रहेका छन् भने सारजाहको जेलमा ३ महिला र ६ जना पुरुष छन् ।

त्यस्तै, फुजईराहको जेलमा एकमहिलासहित दुईजना छन् भने रस अल खइमाहको जेलमा चारजना पुरुष छन् । उम अल क्वुवाईनको कारागारमा भने कोही नेपाली नभएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१