मनाङ बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः प्रचण्ड

आइतवार, साउन २४, २०७८ मा प्रकाशित

मनाङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते गएको बाढी प्रभावित क्षेत्रको आज भ्रमण तथा अवलोकन गर्ने क्रममा उनले भने, “यो सरकारको साथ तपाईँहरुलाई छ,..

बुढानिलकण्ठ नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल खोपको दोस्रो मात्राको खोप आज बाट

शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले कोभिड १९ बिरुद्द खोप सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ।  श्रावण २२ गते देखि  २४ गते सम्म बिहान १०:३० बजे देखि अपरान्ह ४ बजे सम्म नेपाल सरकार बाट यस अघि असार ३० ३१ र श्रावण १ गतेका दिन भेरोसेल खोपको पहिलो मात्र लगाएकाहरुलाई निम्न खोप केन्द्र बाट खोप सेवा लिनको लागि..

१ सय २७ किलो गाँजासहित मनहरी गाउँपालिकाबाट तीन जना पक्राउ

बिहिबार, साउन २१, २०७८ मा प्रकाशित

मकवानपुर। १ सय २७ किलो लागुऔषध गाँजासहित प्रहरीले मकवानपुरको मनहरी गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका–८ सिमपानीबाट तीन जनालाई १२७ किलो गाँजासहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत वैशाल जिल्लाका ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार..

काठमाडौँ उपत्यकामा सभा सम्मेलन नगर्न प्रशासनको अपिल

बुधबार, साउन २०, २०७८ मा प्रकाशित

काठमाडौं । पछिल्ला केही दिनयता कोभिड–१९ को संक्रमणदर बढरिहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ । प्रशासनले आज सूचना जारी गर्दै कोरोना संक्रमणको उच्च जोखिम रहेका अवस्थामा पनि सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥यालीजस्ता गतिविधि भइरहेको भन्दै यस्ता..

कोरिडोर क्षेत्र डम्पिङ साइट जस्तै बन्न थालेपछि समितिले देखायो अग्रसरता

बिहिबार, साउन १४, २०७८ मा प्रकाशित

काठमाडौं । उपत्यकासँगै वाग्मति नदीलाई सुन्दर हराभरा बनाउनका लागि भन्दै वाग्मती कोरिडरको निर्माण कार्य २००९ मा सुरु भएको थियो । हाल यो अभियान सुरु भएको १० वर्ष भन्दाबढी भइसकेको छ । ५ वर्षमा सम्पन्न हुने लक्ष्यका साथ सुरु भएको वाग्मती कोरिडरको कार्य अहिलेसम्म पनि सम्पन्न हुन सकेको छैन् । काम नभएको..

सेती नदीको खोँचमा युवतीको शव

मङ्लबार, साउन १२, २०७८ मा प्रकाशित

कास्की । पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खाेँचमा एक युवतीको शव भेटिएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित ढुङ्गाको खोचमा नामथर वतन नखुलेको अन्दाजी २५ । ३० वर्षीया युवतीको शव भेटिएको हो । उक्त स्थानमा विशेषज्ञसहितको प्रहरी टोलीले खोचबाट शव निकाली परीक्षणका..

२४ घण्टामा २ हजार २३७ कोरोना संक्रमित थपिए, १८ को मृत्यु

सोमवार, साउन ११, २०७८ मा प्रकाशित

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ५६९ जनाको पीसीआर परीक्षणबाट १ हजार ५३९ र ३ हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जना गरी जम्मा २ हजार २३७ जनामा..

बस्तीको बीचमा प्लास्टिक उद्योग,कागेश्वरी मनोहरा मौन : बन्द गर्न टोल समितिको पत्र !

आइतवार, साउन १०, २०७८ मा प्रकाशित

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलिमा बिच बस्तिमा प्लास्टिक उद्योग संचालनमा आउन लागेको छ । पशुपति रिसाइकल इन्डष्ट्रिज प्रा.ली. नामक कम्पनीले यस क्षेत्रमा टहरा निर्माण गरेर कुनैपनी निकायबाट स्वीकृत नलिई प्लास्टिक उद्योग संचालन गर्न लागेको हो । वरिपरि आवास क्षेत्र, अस्पताल, खेतीयोग्य..

बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा

बुधबार, साउन ६, २०७८ मा प्रकाशित

काठमाडाैं । गतबर्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले हटाएकाे बकर इदकाे बिदा वर्तमान शेरबहादुर नेतृत्वकाे सरकारले दिएकाे छ । बकर इदको अवसरमा बुधबार सरकारले सार्वजनिक बिदा दिएको हाे । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार..

साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

आइतवार, साउन ३, २०७८ मा प्रकाशित

काठमाडौं । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो । वैशाख १६ गतेदेखि सरकारले..

राजधानीमै सार्वजनिक यातायातमा मनपरी भाडा, अनुगमन सुस्त

आइतवार, साउन ३, २०७८ मा प्रकाशित

काठमाडौँ। यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा..

गाडी व्यवसायी उप्रेती १९ करोडको स्रोत नखुलेको चेकसहित पक्राउ

आइतवार, साउन ३, २०७८ मा प्रकाशित

काठमाडौं । गाडी तथा मोटरसाइकलको रिकण्डिसन व्यापारी गणेश उप्रेती १९ करोडभन्दा बढी ठगी गरेको अभियोगमा पक्राउ परेका छन् । विभिन्न व्यक्तिले उनको नाममा काटेको चेकसहित उनी पक्राउ परेका हुन् । विभिन्न व्यक्तिबाट रकम असुल्नका लागि लिइएको चेकसहित उनी पक्राउ परेको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) उच्च..

तीन बालकको पानीमा डुबेर मृत्यु

शनिबार, साउन २, २०७८ मा प्रकाशित

धनुषा । धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषामा एकै परिवारका दुइ बालक रहेका छन् । धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनौजी गाउँपालिका–५..

बागमती गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

शुक्रबार, साउन १, २०७८ मा प्रकाशित

ललितपुर। बागमती प्रदेश- बागमती गाउँपालिकाले आर्थिक बर्ष ०७७/०७८ मा सम्पन्न गरेको कामको प्रभावकारीता तथा नागरिकहरुको चासो,गुनासो र प्रश्न सहितको सहभागिता,पारदर्शिता र जवाफदेहिताका लागि सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। बागमती गाउँपालिकाले गरेका बिकास..

बाढी, पहिरो र डुबानमा परी ५९ जनाको मृत्यु

मङ्लबार, असार २९, २०७८ मा प्रकाशित

काठमाडाैं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३१ पुरुष, १७ महिला र ११ बालबालिका छन् । उनीहरु सिन्धुपाल्चोक र तनहुँका पाँच÷पाँच, डोटी, पाल्पा र गोरखाका चार÷चार, रोल्पा, दाङ, दार्चुलाका तीन/तीन, खोटाङ, पाँचथर, रौतहट,..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्