प्रमाणपत्र नदेखाउँदा ब्राजिलका राष्ट्रपति न्यूयोर्कको फुटपाथमै खाना खान बाध्य

बुधबार, अशोज ६, २०७८ मा प्रकाशित

एजेन्सी । अमेरिकामा खोप अभियानलाई कडा गरिएको छ । यसको पछिल्लो उदाहरण न्यूयोर्कमा भएको एक घटनालाई लिन सकिन्छ । अमेरिकाको न्यूयोर्क सहरको एक रेस्टुरेन्टमा ब्राजिलका राष्ट्रपति जायेर बोल्सोनारोले आफूले लगाएको खोप प्रमाणपत्र देखाउन नसक्दा फुटपाथमै खाना खान बाध्य हुनुपरेको छ । अहिले उनको फुटपाथमा..

मलेसियाबाट एकैदिन ६ श्रमिकको शव र १५ जनाको अस्तु नेपालमा ल्याइयो

आइतवार, अशोज ३, २०७८ मा प्रकाशित

काठमाडौं । मलेसियाबाट एकैदिन ६ जना नेपाली श्रमिकको शव नेपाल ल्याइएको छ । यस्तै अन्य १५ श्रमिकको अस्तु पनि ल्याइएको छ । वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृत्यु भएकाहरुको शव र अस्तु ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो..

अमेरिकीसहित २०० जनालाई काबुलबाट बाहिरिन अनुमति

शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि स्वदेश फर्किन चाहने अमेरिकीसहित विश्वका विभिन्न मुलुकका करिब २०० जनालाई फिर्ता हुन तालिबानले अनुमति दिएको छ । अमेरिकी समाचार संस्था सिएनएनका अनुसार अफगानिस्तानमा फसेका अमेरिकीहरूलाई उद्धार गर्न र त्यहाँबाट निकाल्न विदेशमन्त्री एन्टोनी..

अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्व तालिबान नेता अखुन्दले गर्ने

बुधबार, भदौ २३, २०७८ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ । उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने जानकारी मङ्गलबार पत्रकार सम्मेलनमार्फत् दिएको हो । अमेरिकी सेनाको नेतृत्वको..

तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी

सोमवार, भदौ १४, २०७८ मा प्रकाशित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका हुन् । आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा हुने एनआरएनए अन्तरर्राष्ट्रिय परिषद्..

‘सीआईए’ प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेट

बुधबार, भदौ ९, २०७८ मा प्रकाशित

काठमाडौं । अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्गटन पोस्ट’ले मङ्गलबार जानकारी गराएको छ ।   अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बन्र्स र बारादरबीच सोमबारको भेट वार्ता भएको अमेरिकी उक्त पत्रिकाले..

अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार

बिहिबार, भदौ ३, २०७८ मा प्रकाशित

काठमाडाैं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडाैं ल्याइएको छ । उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य..

छिटो गर्नुहोस् : ४३७ जना नेपाली अफगानिस्तानमा नेपाली विमान पर्खिएर बसिरहेका छौ

मङ्लबार, भदौ १, २०७८ मा प्रकाशित

काठमाडौ । ४३७ जना नेपाली नागरिक अफगानिस्तानको काबुल स्थित अन्तर्राष्ट्रिय एयरपोर्टमा पर्खिरहेका छन् । उनीहरु नेपाल ध्वजा बाहक विमान हेरेर बसिरहेका छन् । उद्धार गर्न जाने विमानको प्रतिक्षामा रहेको त्यहाँको नेपालीहरुले बताएका छन् । उता उनीहरुलाई पठाउने म्यानपावर कम्पनीलेपनि नेपाली फिर्ता..

के हो अफगानिस्तानको तालिबान ?

सोमवार, साउन ३२, २०७८ मा प्रकाशित

काठमाडौ । सोभियत संघ फर्किएपछि सन् १९९० को दशकमा कट्टपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो । दक्षिण–पश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इराकसँग सीमा जोडिएको हेरात प्रान्त नियन्त्रणमा लिएको थियो । त्यसको एक वर्षमै राजधानी काबुल नियन्त्रणमा लियो र राष्ट्रपति बुरानुद्दिन..

अफगानिस्तानबाट अमेरिका नाम निशान नरहनेगरी झण्डा उठाएर भाग्यो

सोमवार, साउन ३२, २०७८ मा प्रकाशित

काठमाडौ । अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्कनले अफगानिस्तान मिसन ‘सफल’ रहेको दाबी गरेका छन् । उनले अमेरिकी दूतावासलाई काबुल विमानस्थलमा सिफ्ट गरिएको बताएका छन् । उनले अफगानिस्तानको वर्तमान अवस्थालाई भियतनाम ल’डाईसँग तु’लना गरिएकोमा पनि आपत्ति प्रकट गरे । ४६ वर्षअघि भियतनाम ल’डाईका दौ’रान..

युएई सरकारले नेपालसहित छ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउने

बुधबार, साउन २०, २०७८ मा प्रकाशित

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो । यात्रा..

कतार प्रवेश गर्नेका लागि अब नयाँ नियम

सोमवार, साउन ११, २०७८ मा प्रकाशित

काठमाडौँ। कोरोनाविरुद्धको खोप लगाएको १४ दिनपछि कतार प्रवेश गर्नेहरूले अब क्वारेन्टिन बस्नु नपर्ने भएको छ । कतार सरकारले जारी गरेको नयाँ नियमअनुसार कोरोना खोप लगाएका व्यक्तिले १४ दिनपछि कतार प्रवेश गर्दा क्वारेन्टाइन बस्नु नपर्ने प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । तर,..

मलेसियाबाट २४ नेपालीको शव र तीन अस्तु काठमाडौं ल्याइयो

आइतवार, साउन १०, २०७८ मा प्रकाशित

काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु काठमाडौं ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपाली नागरिकहरुको शव आज बिहान वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको नेपाल एयरलाइन्सले जनाएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा काठमाडौं ल्याइएका सबै शव आजै आफन्तको..

कतार प्रवेशका लागि संशोधित मापदण्ड आजदेखि लागू हुँदै, यस्तो छ नयाँ नियम

मङ्लबार, असार २९, २०७८ मा प्रकाशित

काठमाडौँ। कतार सरकारले कतार प्रवेश गर्नेहरूका लागि जारी गरेको मापदण्डमा संशोधन गर्दै कोरोना खोपको दुबै डोज लगाएकाहरूले क्वारेन्टाइनमा बस्न नपर्ने जनाएको छ । कतार जाने नेपालीहरूका लागि दोहास्थित नेपाली दूतावासले आज एक सूचना जारी गर्दै कतारले संशोधन गरेको मापदण्ड भोलिदेखि लागू हुने र कोरोना..

क्यानडामा अहिलेसम्मकै अत्यधिक गर्मी, पाँच दिनमा १३० बढीको मृत्यु

बिहिबार, असार १७, २०७८ मा प्रकाशित

काठमाडौँ । क्यानडामा अत्यधिक गर्मीका कारण गत शुक्रबार यता १३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा मात्रै ६० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ज्येष्ठ नागरिकहरू धेरै छन् । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम अत्यधिक बढेको हो । गत मंगलबारमात्रै..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्