असोज ११ देखि दसैँका लागि टिकट बिक्री

शुक्रबार, अशोज ८, २०७८ मा प्रकाशित

काठमाडाैं । गृह मन्त्रालयमा आज आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले दसैँमा सार्वजनिक सवारी साधन कसरी सञ्चालन गर्ने भनेर अहिलेसम्म भएका तयारीबारे जानकारी..

प्रसारण क्षेत्रलाई कानूनबमोजिम करको दायरामा ल्याउनुपर्ने माग

बिहिबार, अशोज ७, २०७८ मा प्रकाशित

काठमाडाैं । नेपाल केबल टेलिभिजन महासङ्घले प्रसारण क्षेत्रलाई कानूनबमोजिम करको दायरामा ल्याउनुपर्ने माग गरेको छ । महासङ्घले केबल टेलिभिजन सञ्चालनका क्रममा राज्यले अङ्गीकार गर्ने अस्थिर नीतिका कारण व्यवस्था नै बन्द अवस्था आएको जनाउँदै गैरकानूनी प्रसारण बन्द गर्नुपर्ने र प्रसारण क्षेत्रलाई..

विद्युतीय प्रणाली सुधारका लागि एडीबीको ६० मिलियन ऋण

मङ्लबार, अशोज ५, २०७८ मा प्रकाशित

काठमाडाैं । विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब रु ६० करोड बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । निर्माणका क्रममा रहेका परियोजनाको स्वीकृति गत नोभेम्बरमा भएको थियो । त्यसमा स्वचालित ३४ वटा ग्रीड सवस्टेशनका..

आयकर ऐनमा विवादास्पद संशोधनः अवैध धनलाई वैध बनाउने चलखेल

सोमवार, अशोज ४, २०७८ मा प्रकाशित

काठमाडौं । राजस्व छुटमा विवादास्पद निर्णय गरेको सरकारले लगानीमा आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन गर्ने अर्को विवादास्पद निर्णय गरेको छ। गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी, भ्रष्ट कर्मचारीले कमाएको पैसा वैधानिक बनाउने ध्येयले ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था राखेर..

आज ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरिने

सोमवार, अशोज ४, २०७८ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले सोमबार रु ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले रु पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल..

अल्सर कसलाई र किन हुन्छ ? उपचार कसरी गर्ने ?

आइतवार, अशोज ३, २०७८ मा प्रकाशित

काठमाडौं । पेटमा अल्सर भएमा पिडा नाइटोबाट सुरु भई छातीसम्म दुख्छ । समयमै उपचार नगरे यसले भयानक समस्या निम्त्याउन सक्छ । र, पेट सम्बन्धि अन्य समस्याहरु पनि उब्जिन्छन् । पेटको अल्सर भएमा पेटमा प्वाल पर्ने वा घाउ हुने गर्छ । यस्तो अल्सर विशेषगरी गलत खानपानका कारण हुने हो । सामान्यतया, खाना पचाउने एसिडले..

सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री शर्मा

शुक्रबार, अशोज १, २०७८ मा प्रकाशित

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् । कोषको ६०औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा आज उद्घाटन गर्दै मन्त्री शर्माले भने, “सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, यसले..

बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादी पक्राउ

बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौं महानगरपालिका-२९ बस्ने ३६ वर्षीय बिनम श्रेष्ठ र काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ घर भएका ४८ वर्षीय प्रकाश श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान..

विमानस्थलबाट २ करोड बढीको सुनको गहना बरामद

बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित

काठमाडाैं । त्रिभुवन विमानस्थलमा काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको लगेजमा दुई करोड बढीको सुनको गहना फेला परेकाे छ । ती सामान बरामद गरेको छ भने लगेज धनीलाई प्रहरीले पक्राउ गरेकाे छ । भदौ २८ गते बिहान ०८:३० बजे श्री एयरलाइन्सको उडान नं. SHA731 मा काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको..

दशैंका लागि नयाँ नोट वितरण गर्दै नेपाल राष्ट्र बैंक, यी बैंकद्धारा वितरण

मङ्लबार, भदौ २९, २०७८ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज पहिलो हप्तादेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि सर्वसाधरणलाई नयाँ नोट..

ठेक्काको ६ वर्षमा पनि पूरा भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक

सोमवार, भदौ २८, २०७८ मा प्रकाशित

काठमाडौँ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा खाल्डा खुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ । खाल्डा खुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । संघीय सरकारले..

रेल नचल्दै ५५ करोड रुपैयाँको आर्थिक भार

बुधबार, भदौ २३, २०७८ मा प्रकाशित

जनकपुर । भारत सरकारले करिब ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास ७२ किलोमिटर ब्रोडगेज रेलवे लिक तयार पार्दै छ । रेलमार्गको ७२ मध्ये जयनगर–कुर्था ३६ किलोमिटर लामो ब्रोडगेज तयार भएको तीन वर्ष पुग्यो । बाँकी खण्डमा लिक निर्माण भइरहेको छ । लिकमा गुडाउन ८६ करोड रुपैयाँमा नेपाल सरकारले दुई सेट डेमो रेल..

क्यान्सरबाट जोगिन के नखाने ?

सोमवार, भदौ २१, २०७८ मा प्रकाशित

बो,सो,युक्त मासु बोसोयुक्त मासु र जनावरको बो,सो हालेर बनाइएको चिज, बटरजस्ता खाना भरसक खानु हुँदैन । यस्ता खानामा क्या’ ,न्सर लाग्ने जो,खिम बढी हुन्छ । मासुको सट्टा माछा खानु उपयुक्त हुन्छ । र’ ,क्सी र’ ,क्सीको ल,त लागेको छ भने दुई पे,गभन्दा बढी खानु हुँदैन । बढी र’ ,क्सी खाएमा मुख, पा,ठेघ,र र स्त,नस,म्ब,न्धी..

शरीर फिट राख्न र सधैं जवान देखिन यसरी व्यायाम गर्नुस्

सोमवार, भदौ २१, २०७८ मा प्रकाशित

एजेन्सी । शारीरिक रुपले सक्रिय रहँदा हाम्रो शरीर स्वस्थ र आकर्षक देखिन्छ । शरीरको अनावश्यक बोसो घटाउन, मोटोपना नियन्त्रण गर्न तथा मुटु, रक्तनली सम्बन्धी रोग, मधुमेह र क्यान्सर जस्ता रोगहरुबाट बच्न चाहनुहुन्छ भने तपाईले आफ्नो शरीरलाई सक्रिय बनाउनुपर्छ । शारीरिक रुपमा सक्रिय रहनका लागि व्यायाम..

दैनिक उपभोग्य वस्तुको उत्पादन उद्योगको स्थापना र सञ्चालन सरकारकाे प्राथमिकताः अर्थमन्त्री शर्मा

शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित

काठमाडौं । दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालनमा सरकारले प्राथमिकता दिएको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले गरेको भर्चुअल बैठकमा उनले यस्तो बताएका हुन् । वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्