संविधानमा नै निर्वाचनको समय तोकियोस् –उप्रेती

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

चितवन, ११ वैशाख । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले एकै व्यक्ति दुई क्षेत्रमा उम्मेदवार हुनु उपयुक्त नभएको बताउनुभएको छ । भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उहाँले त्यसबारे प्राविधिक रुपमा ठीक नहुने राय आयोगले दिएको भए पनि राजनीतिक दलले नमानेको उहाँले बताउनुभयो । एकै व्यक्ति दुई क्षेत्रमा..

जिविसद्वारा गैरसरकारी संस्थाहरुको अनुगमन सुरु

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

म्याग्दी, ११ वैशाख । सरकारी निकायको विकासे साझेदारका रुपमा रहेका गैरसरकारी संस्थाहरुलाई अनुगमन गर्न थालिएको छ । म्याग्दीमा क्रियाशील रहेका गैरसरकारी संस्थाहरुको गतिविधिमा जिविसले आन्तरिक र बाह्य अनुगमन थालेको हो । चालु आर्थिक वर्षमा जिल्ला विकास समिति म्याग्दीमा संस्था नवीकरणका लागि सिफारिस..

मातृभूमि वार्षिक उत्सवमा अग्नीपिडितलाई सहयोगको अव्हान विश्वव्यापी सदस्यता समेत खुल्ला

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

बद्रिराज तिमल्सना/काठमाडौं ,१० वैशाख । मातृभूमिका लागि युवा अभियान नेपालले आफ्नो वार्षिक उत्सवका अवसरमा भर्खरै सिन्धुलीमा भएको आग्लागीमा परेका अग्नीपिडितलाई सहयोग गर्न विश्वव्यापी आव्हान गरेको छ । वार्षिक उत्सव मनाउन लाग्ने खर्चको केही अंश कटाएर संस्थागत सहयोग गर्ने निर्णय गरेको अभियानले..

विमानको पाङ्ग्रा रहने स्थानमा पाँच घण्टासम्मको उडानमा रहेर पनि बाँचे एक युवक

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

बैशाख,लस एन्जलस। अमेरिकाको क्यालिफोर्नियाबाट हवाइसम्म हवाइ जहाजको यात्रामा जहाजको पाङ्ग्रा रहने स्थानमा पाँच घण्टा रहँदा पनि १६ वर्षीय एक युवक जीवितै रहेको देखिएको समाचार अमेरिकी आमसञ्चारले दिएका छन् । ? पाँच घण्टा तीस मिनेटको यस अवधिमा विमानमा तापमान निकै कम भएको र अक्सिजनको पनि कमी रहेको..

पत्‍नीसहित दाहाल नमोबुद्ध रिसोर्टमा

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

काभ्रेपलाञ्चोक , १० वैशाख  । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्‍नी सीतासहित काभ्रेपलाञ्चोकको नमोबुद्ध रिसोर्ट पुगेका छन्। पार्टीको राष्ट्रिय सम्मेलनका लागि राजनीतिक दस्तावेज लेख्‍न भन्दै अध्यक्ष दाहाल नमोबुद्धको कानोडाँडामा अवस्थित रिसोर्टमा पुगेका हुन्। नमोबुद्ध रिसोर्ट रुडिगर होल्चरका..

८ न्यायधिसको नाम सिफारीस

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

काठमाडौं,१० वैशाख ।  सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदका लागि न्याय परिषद्ले आठ जनाको नाम सिफारीस गरेको छ । सिफरीस हुनेमा दीपकराज जोशी, गोविन्द उपाध्याय, बैद्यनाथ उपाध्याय, गोपाल पराजुली, ओमप्रकाश मिश्र, जगदीश शर्मा पौडेल, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शम्शेर जबरा रहेका छन् । परिषद्को..

सोसल रिपब्लिकन पार्टिको दोस्रो बार्षिकउत्सब तथा सुभकामना कार्यक्रम सम्पन्न

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

रिवाज घिमिरे/काठमाडौँ ,९ बैशाख नेपाल रिपब्लिकन  पार्टिले आफ्नो बार्षिक उत्सव मनाउँदै आज  बोस्टर मिडियाको हल चाबहिलमा आफ्नो २ बर्षको कार्यकालको समीक्षासहित नीति तथा कार्यक्रम पार्टीका केन्द्रीय अध्यक्ष रामबाबु यादव सार्वजनिक गर्नु भयो । बार्षिक उत्सवको अबसरमा गमलामा पानि हालेर उद्घाटन गरिएको..

पूर्व लडाकुहरु राजनीति र व्यापार दुवैमा सक्रिय

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

दैलेख, ९ वैशाख । अपूरो क्रान्ति पूरा गर्ने भन्दै माओवादी जनयुद्धमा विभिन्न स्थानमा लडेका दैलेखका अधिकाँश पूर्व लडाकुहरु अहिले गाउँमा फर्केर आ–आफ्नो व्यवसायमा व्यस्त भईरहेका छन् भने कतिपय लडाकुहरु खुलेर जिल्ला कमिटीलगायतका पदमा रहेर राजनीतिसमेत गरिरहेका छन् । विशाला–७ गैरीगाउ“का ४० वर्षीय..

क्रसर उद्योगहरू बन्द भएको एक हप्तापछि पुनः सञ्चालनमा

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

परासी, ९ वैशाख । मापदण्ड विपरीत सञ्चालनमा आएका नवलपरासीमा रहेका क्रसर उद्योगहरू बन्द भएको एक हप्तापछि पुनः सञ्चालनमा आएका छन् ।सरकारी मापदण्ड विपरीत भएको भन्दै जिल्लामा रहेका ११ मध्ये चारवटा क्रसर उद्योगमा गत हप्ता चितवन राष्ट्रिय निकुञ्जले एक्कासि बन्द गराएका क्रसर उद्योग सञ्चालनमा आएका हुन्..

राष्ट्रशान्तिका लागि दुप्चेश्वरमा रुद्र महायज्ञ

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

त्रिशूली (नुवाकोट), ९ वैशाख । वाग्मती अञ्चलको ‘दोस्रो पशुपतिनाथ’ भनिने जिल्लाको दुप्चेश्वर महादेवको मन्दिरमा राष्ट्रशान्ति जनकल्याण रुद्र महायज्ञ सुरु भएको छ । राउतबेंसी गाविसमा रहेको दुप्चेश्वरमा महाकाली–२ का शङ्करदेव न्यौपानेले ५८ दिनसम्म मौनव्रतसहित पाठपूजा र रुद्राभिषेक गर्दै महायज्ञ..

वर्षाकाल अगाडि नै नागढुङ्गा–नौविसे सडक खण्ड मर्मत सम्पन्न गर्न निर्देशन

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

काठमाडौँ ९ बैशाख । सरकारले आगामी वर्षाकाल अगावै नागढुङ्गा–नौविसे सडक खण्डको मर्मत कार्य सम्पन्न गर्न निर्माण व्यावसायीलाई निर्देशन दिएको छ । सो सडक खण्डको मर्मत कार्य सुरु भएको लामो समय भइसक्दासमेत उल्लेखनीय प्रगति नभएको भन्दै चर्को आलोचना भइरहेको बेला सरकारको तर्फबाट पछिल्लो धारणा आएको हो ।..

यातायातका ४३ दलाल पक्राउ

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

काठमाडौं, ९ वैशाख । प्रहरीले ललितपुरको एकान्तकुनामा रहेको बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट ४३ जना दलाललाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी निरीक्षक नरेन्द्र चन्द र समिरचन्द्र बस्नेतको संयुक्त टोलीले बिहान ११ बजे ४३ जना दलाललाई पक्राउ गरेको एसपी घनश्याम..

कांग्रेसकै कारण सरकार चलाउन गाह्रो भयोः प्रधानमन्त्री कोइराला

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

विराटनगर,९ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नै पार्टीका कारण काम गर्न असहज भएको बताउनु भएको छ । बिभिन्न बहानामा पार्टीका नेताहरुले सरकारमाथि पटक पटक आक्रमण गरेको भन्दै कोइरालाले आफ्नै दलका नेताको तिखो आलोचना गर्नु भएको हो । मेची महाकाली जागरण अभियान अन्तरगत बिराटनगरमा सुरु भएको कोशी अञ्चल..

छुट्टा छुट्टै टिम बनाउँदै नेपाल र ओली

सोमवार, बैशाख ८, २०७१ मा प्रकाशित

पार्टीको नवौँ महाधिवेशनमा अध्यक्षको दौडमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले कार्यकर्तालाई आफ्नो पक्षमा पार्न दुई तहमा अभियानकर्ता परिचालन गरेका छन् । महाधिवेशनमा कार्यकर्ताको पंक्ति आफूतिर तान्न एउटा र वैचारिक बहसका लागि अर्काे तह परिचालित भएका हुन्..

फोहोरमैलाको कारण दुर्लभ रातो माछा मासिने अवस्थामा

सोमवार, बैशाख ८, २०७१ मा प्रकाशित

खोटाङ, ८ वैशाख । फोहोरमैलाको कारण खोटाङको बराहपोखरीमा रहेको रातो माछा मासिन थालेका छन् । स्थानीयवासीले पोखरीमा नुहाउने र लुगा धुने गरेका कारण जिल्लाकै पर्यटकीयस्थल बराहपोखरीको रातो माछा मासिन थालेका हुन् । बढ्दो फोहोरमैला र साबुनको असरका कारण बराहपोखरी गाविसस्थित पोखरीमा पाइने संसारकै दुर्लभ..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्