राप्ती सांस्कृति समाज रोल्पाले सहमतिमै नयाँ कार्यसमिति चयन गरयो

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

देवी गुरुङ /रोल्पा ४ जेठ  । राप्ती साँस्कृतिक समाजको चौथो अधिवेशनले पुरानै कार्यसमितिमा केही नयाँ थप गरेर १३ सदस्य कार्यसमिति चयन गरेको छ । प्रकाशकुमार गीरीको अध्यक्षतामा १ जना पछि थप्ने गरी १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नयाँ चयन भएका कार्यसमितिमा उपाध्यक्ष उमा केसी, सचिव देवी गुरुङ, कोषाध्यक्ष..

भीरबाट लडेर एकको मृत्यु

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

रामेछाप, ४ जेठ  ।  रामेछापको देउराली गाविस वडा नं ६ मको सिम्ले खोलाको भीरवाट लडेर एक जनाको ज्यान गएको छ । देउराली गाविस वडा नं ६ बर्ष ६० का हरिबहादुर आले मगरको भीरबाट लडेर घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रवार बेलुकी घर नजिकै रहेको छोरीको घरमा भैंसीको दुध लिएर गएका आले मगर शनिबार..

प्रसूति गृहमा फिस्टुलाको उपचार सुरु

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

काठमाडौं,४ जेठ । दिसा पिसाब चुहिरहने (फिस्टुला) समस्या भएका महिलाले अब थापाथलीस्थित प्रसूति गृहबाट उपचार सेवा पाउन थालेका छन् । प्रसूति गृहले यो सेवा सुरु गर्न थालेपछि उपचारका लागि महिलालाई सहज हुन थालेको अस्पतालका प्रशासक अमर अमात्यले बताए । यसअघि फिस्टुलाको समस्या लिएर महिला उपचारका लागि आउने..

जनकपुरमा मनी चेन्जरबाट १० लाख लुटियो

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

जनकपुर ,४ जेठ । जनकपुरको विद्यापति चोकमा रहेको एक मनी चेन्जरमा लुटेराहरुले छुरी प्रहार गरी रु.१० लाख लुटेका छन् । जनकपुरमा ३ जेठ दिउँसो लुटेराहरुको समूहले रेजा मनी चेन्जरका संचालकलाई छुरी प्रहार गरेर रकम लुटेका हुन् । लुटेरा समूहको छुरी प्रहारबाट संचालक हमिद रेजा घाइते छन् । गम्भीर घाइते उनको जनकपुर..

पाथीभराको भेटीमा एमाओवादी नजर वार्षिक झन्डै करोड संकलन

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

ताप्लेजुङ, ४ जेष्ठ । प्रसिद्ध पाथीभरा मन्दिरमा बाषिर्क करोडको हाराहारीमा भेटी संकलन हुन थालेपछि राजनीतिक दलको आँखा लाग्न थालेको छ । एमाओवादीले राजनीतिक प्रस्तावमै भेटी संकलन पाथीभरा क्षेत्र बिकास समितिमार्फत हुनुपर्ने प्रस्ताव गरेपछि भेटीमा दलको आँखा लागेको चर्चा चलेको हो । पार्टीको दोस्रो..

भारतमा प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी दुबै स्थानबाट विजयी

शुक्रबार, जेष्ठ २, २०७१ मा प्रकाशित

काठमाडौं, २ जेष्ठ  । भारतमा प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी दुबै स्थानबाट विजयी भएका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा गुजरातको वडोदरा र उत्तरप्रदेशको बाराणसीबाट चुनाव लडेका भारतीय जनता पार्टी (भाजपा)का नेता मोदीले दुबै स्थानमा जित हासिल गरेका हुन् । मोदीले वडोदरामा कांगेस आइका..

बालमैत्री संविधान बन्नुपर्ने

शुक्रबार, जेष्ठ २, २०७१ मा प्रकाशित

काठमाडौँ,जेठ २ गते । समाजसेवी पुष्पा बस्नेतले बालबालिकाको उन्नति र विकासका लागि बालमैत्री संविधान बन्नुपर्नेमा जोड दिनुभएको छ । बिपी कोइराला फाउन्डेसन र नेपाल–भारत पुस्तकालयले संयुक्त रुपमा बिहीबार यहाँ आयोजना गरेको ‘भोइसेस’ कार्यक्रमअन्तर्गत समाजसेवी बस्नेतसँगको कुराकानीका क्रममा उहाँले एक..

रेडपाण्डा जोगाउन अग्नि नियन्त्रक पोसाक

शुक्रबार, जेष्ठ २, २०७१ मा प्रकाशित

इलाम ,२ जेठ । रेडपान्डा पाइने इलामका उत्तरी सामुदायिक वनमा डढेलो नियन्त्रण अभियान सुरु गरिएको छ ।  लोपोन्मुख सूचीमा रहेको रेडपान्डा (हाब्रे) संरक्षणका लागि उत्तरी छवटा भन्दा बढी सामुदायिक वनमा गैरसरकारी संस्थाले अभियान सुरु गरेको हो । डढेलोको कारण रेडपान्डा सङ्कटमा पर्दै गएपछि रेडपान्डा..

स्ववियु चुनाव फेरि सर्‍यो

शुक्रबार, जेष्ठ २, २०७१ मा प्रकाशित

काठमाडौं ,२ जेठ । त्रिभुवन विश्वविद्यालयले जेठ १४ गतेका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव फेरी सरेको छ । आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा तय गरेको स्ववियु को चुनाव चार दिन पर सरेको छ । चुनवको मिति सार्न माग गर्दै १९ विद्यार्थी संगठनले दबाब दिएपछि त्रिविले बिहीबार साँझ बैठक बसेर..

स्वास्थ्य सम्बन्धी के हुँदैछ जुम्लामा ?

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

विनोद शर्मा, जुम्ला १ जेठ । जुम्लाको शनिगाउँ गाविस आज कर्णालीकै दोस्रो गाविसका रुपमा पूर्ण खोप गाविस घोषणा हुँदैछ । गाविसमा १३ महिनादेखि २३ महिनासम्मका १ सय १९ जना बालबालिका रहेकोमा सबैले खोपको पाँचै मात्रा पाएपछि एक समारोहका बीच आज पूर्ण खोप गाविस घोषणा गर्न लागिएको हो । जुम्लाकै पट्मारा गाविस..

ड्युटीमा रहेका सैनिकले आफैंलाई गोली हाने

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

काठमाडौँ ,१ जेठ । नेपाली सेनाका एक जवानले ड्युटीको समयमा आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका छन् । एयरपोर्ट नजिकै रहेको इन्जिनियर निर्देशनलय माहततको कालिप्रसाद गणका कार्यरत सिपाही जीवन कार्कीले आफैंले बोकेको एसएलआरले गोली हानेका हुन् । घटना २८ गते भएको थियो । कार्कीको अहिले केएमसी..

कक्षा ११ को परीक्षा सुरु

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

भक्तपुर, १ जेठ ।  उच्च माध्यामिक शिक्षा परिषद्ले संचालन गरेको कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको छ । जेठ १२ गतेसम्म संचालन हुने कक्षा ११ को परीक्षा देशभर शान्तिपूर्ण रुपमा सुरु भएको परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो । कक्षा ११ को परीक्षामा देशभरबाट कुल ३ लाख ८३ हजार ४..

बिबाद मिलाउन लाजिम्पाटमा प्रचण्ड –बाबुराम भेटवार्ता, भट्टराईले शर्तै शर्त राखेपछि प्रगति शुन्य

बुधबार, बैशाख ३१, २०७१ मा प्रकाशित

काठमाडौँ  –३१ बैशाख,  एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बावुराम भट्टराईबीच बुधवार विहान भेटवार्ता भएको छ ।बिराटनगर सम्मेलनमा केन्द्रिय समितिमा बस्न अश्विकार गर्दै चीन भ्रमणमा पुगेका नेता भट्टराइ स्वदेश फर्केलगत्तै बिबाद मिलाउने प्रयास स्वरुप आज दुई नेताबीच छलफल भएको हो ।..

प्रहरी कार्यालय नजिकैको आइएमईमा डेढ लाख चोरी

बुधबार, बैशाख ३१, २०७१ मा प्रकाशित

खोटाङ,  ३१ वैशाख  - खोटाङमा जिल्ला प्रहरी कार्यालय नजिक रहेको आइएमईबाट रकम चोरी भएको छ । दिक्तेल–२ का अनन्तनारायण जोशीले सञ्चालन गरेको कालिका आइएमईबाट १ लाख ५१ हजार रुपैयाँ नगद चोरी भएको हो । मंगलबार राती आइएमई सञ्चालित कोठाको ढोका फुटाएर नगद चोरी भएको प्रहरीले जनाएको छ । चोरी भएको आइएमई जिल्ला प्रहरी..

बसबाट एकै यात्रुको २ तोला सुन चोरी

बुधबार, बैशाख ३१, २०७१ मा प्रकाशित

अछाम ,३१ वैशाख  - अछामको जयगढबजारमा रोकि राखेको यात्रु बाहाक बसबाट २ तोला सुन चोरी भएको छ । भारतबाट फर्किदै गरेका मंगलसेन गाबिस ७ का सेते विकको २ तोला सुनलगायतका लुगाकपडा सहितको झोला बसभित्रैबाट चोरी भएको हो । धनगढीबाट मंगलसेन आउँदै गरेको ना ४ ख ९९७३ नम्बरको बसमा राखिएको झोला जयगढ बजारमा झरेका..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्