साहित्यकार पत्रकार साथै गजलकार प्रकाश ‘पुष्पक’ राई पुमा सँगको साहित्यक भलाकुसारी

प्रदिप राई ।
साहित्य भनेको जीवन्त बनाउँने एउटा कलमी बुलन्द हो । मानवजातीको जिउने साहारलाई एउटा कलमी आवाजबाट विष्फोट गराउने र समाजलाई असल मार्गनिर्देन तर्फ डो¥याउने पाटो हो । आज यहि साहित्य जगतले सारा सँसारलाई एक सुत्रमा बाँधिएको छ । साहित्यको क्षेत्रमा विभिन्न विधा र परिधी भएपनी, तिनीहरुको आ—आफ्नै बिशेषता र गुण आफुँभित्र लुकेर रहेको छ । सहित्यको विद्यामा कलम चालेर लाखौ लेखकहरुले आवाज बुलन्द गरेर समयको माग सँगै साहित्यले फड्को मारेको ईतिहासमा ताजै छ ।prakas साहित्यलाई आफ्नो जीवनको अमुल्य पेशा बनाएर बाँच्नेको एउटा भिन्नै धरातल छ तर राज्यले यस्को वास्ता नगर्नु ठूलो चुनौती को विषय रहेको छ । साहित्यमा नै जिवन सर्मपण गरेर जानेहरुको छाप जीवितै रहेको छ । यहि साहित्यलाई आत्मासाथ गरी साहित्यको विधामा कलम चलाईरहनु भएकाहरु लाखौ साहित्यनुरागीहरु छन् । फरक यती हो कोही सफल भएका छन् त कोही असफल । यो शताब्दीको पछिल्लो समयमा युवा, युवतीदेखी व्यसक सम्मलाई साहित्यले छोएको राम्ररी देख्न र सुन्न पाईन्छ । त्यसमा पनी साहित्य जगतमा गजल बिधाले दुई खुट्टे भनाउँदा मानिसहरुलाई त के पृथ्वीग्रहका अणु–अणुलार्ई लठ्याएको छ । आजको यस साहित्य स्तम्भ अन्र्तगत हामी साहित्यको फाँटमा रहेर गजल बिधामा बिगत १० बर्ष अगाडीबाट कलम चलाईरहनु भएका खोटाङ् जिल्ला देविस्थान १ पैयाटार पायोङ्मा श्री पृतम राई र लक्ष्मी राईको कोखबाट जन्मनु भएका साहित्यकार, पत्रकार साथै गजलकार प्रकाश ‘पुष्पक’ राई पुमाको आजको झम्का भेटमा केही गजल भलाकुसारिहरु म प्रदिप राई को साथमा ।
– प्रकाश पुष्पक जी, तपाइलाई आजको भलाकुसारी जम्काभेटमा स्वागत छ ।
:-प्रकाश पुष्पक – धन्यवाद प्रदिप जी आजको जम्काभेटमा कुरागर्न पाँउदा म ज्यादै खुशी छु ।
– प्रकाश पुष्पक जी साहित्यले आफै आफ्नो बिशेषता बोलेपनी तपाईको बिचारमा साहित्य के हो ?
:-प्रकाश पुष्पक – प्रदिपजी म पनि त्यस्तो कुनै साहित्यफाटको विशाल नेत्र होइन तर म ‘साहित्य क्षेत्रफल नमिलेको ओखर जस्तै हुन्छ’ भन्दछु । किनकी साहित्य जीवन हो र जीवन साहित्य हो । साहित्यको आकार ओखरको जस्तै हुन्छ नत लम्बाई, चौडाई नत उचाई, आकार बिहिन । पानि जस्तै थोपा–थोपा अवस्थामा जम्मा भएर पानीले तिर्खाएको प्यास मात्र होइन मानवलाइ जीवन दिन्छ । पानी बिना बाँच्न नसकिने भएकोले साहित्य मानव जीवनको आकार नमिलेको पानी जस्तै हुन्छ ।
– प्रकाश जि सिङगो साहित्यकार हुनुमा र गजलकार हुनुमा कस्तो फरक पाउनुभएको छ ?
:- प्रकाश पुष्पक – विगतलाइ नियालेर अग्रज साहित्यकारहरुको छायाँ सम्म नी म होइन आँफूलाई साहित्यकार हुँ भन्न आँफै लाज लाग्छ तर पनि साहित्य जगतमा अहिले गजल लेख्नेहरुको घुइचोले गजलको सागरमा पौडिन सजिलो भएको छ । मेरो विचारमा साहित्यले सिङ्गो शरिर समेटेको हुन्छ भने गजलले पनि शरिरको एक अङ्ग आँखाको गाजल परिधी समेटेर शौन्दर्य दिएको हुन्छ ता की शरिरलाई आँखा चाहिन्छ त्ससैले सँसार नियाल्न आँखाको आवश्क भए जस्तै साहित्यको एक पाटो हो गजल । साहित्य र गजल एउटै जस्तो लागछ ।
 – प्रकाश जि तपाईको सोचाईमा साहित्यले साच्चीनै समाज परिबर्तन गर्छ ?
:- प्रकाश पुष्पक – साँचो म भन्दछु साहित्यले व्याक्ति परिवर्तन गरेपछि, परिवार परिवर्तन गर्छ परिवार परिवर्तन भएपछि समाज परिवर्तन हुन्छ । साहित्यको गहिराईमा डुबेर पुन निस्कन सिक्नु पर्छ तर साहित्यको दुनियालाई राज्यले बेवास्ता गर्नु ठूलो दुर्भाग्य सम्झन्छु ।
– प्रकाश जि अब हामी तपाईको बिगततिर लाग्छौ, तपाई यो क्षेत्रमा कसरी आउनुभयो कसैको प्रेरणा अथवा तपाईको रहर हो गजलकार बन्नु ?
:- प्रकाश पुष्पक – प्रदिप जी बहुत चाखलाग्दो प्रश्न सोध्नु भयो । मानिसलाई भोक लाग्छ अनी मात्र भोजनको आवश्यक्ता हुन्छ या भनौ की भोकको लाग्ी मात्र होइन भोजन, जीवन्त जीउनको लागी हो भोजन त्यसैले मनका ज्वालाहरुलाई दमकल लगाई आँगो निभाउँन प्रयास गर्थे त्यही प्रयासबाट प्रेरणाको श्रोत बन्न पुगेछ ।
 – प्रकाश जि गजल के हो ? कसरी फुट्छ गजल ? कसरी लेखिन्छ ? र तपाईको सोचमा गजलकोे लक्षितबर्ग को हुन ?
:- प्रकाश पुष्पक – हजुर गजल एउटा ‘जल’ हो र यो जलले प्यास मेटाउछ । जुनै अवस्थाको प्यासीहरुले के को प्यास छ त्यही प्यासको आवश्क्तामा जरुर गजलको फोहोरा फुट्दछ । जव फोहोरा बग्न थाल्छ तब छाँगा र झरना भएर एकै स्वरको लयमा निरन्तर सुन्दर अनी मिठो सौनर्दयतामा गजल लेखिन्छ । छङ्–छङ् बग्ने झरनाको फेदमा बसेर जस्लेपनि आफ्नो प्यास मेटाउँन पाउँछ र सक्छ त्यसैले मेरो बिचारमा गजलको यो जल दुनियामा कुनै लक्षितबर्ग हुँदैन ।
– प्रकाश जि भनिन्छ बाँच्नको लागी आर्थिक श्रोत चाहिन्छ कतीपय गजलकारहरु यहि समस्याबाट पिडीत भईरहेका हुन्छन्, उनीहरुको गजलमा निखारता नभएर की बजार लिन नसकेर यो भईरहको हुन्छ ?
:- प्रकाश पुष्पक – प्रदिप जी आर्थिक क्रान्तिको यूगमा यो क्रान्ति सँधै हाम्रो जीवनमा हार हुन्छ । अत यही हारबाट सबै पिडित नै छौ भन्दा दुई मत नहोला । प्रसङ्ग वश सहित्य कुनै बजारमा लिलामी गर्न राखिएको रुपैयामा साटिने वस्तु होइन मेरो विचारमा । यो त आँफूभित्रको मनको भावलाई समस्त अनुरागीहरुमा पु¥याउने साधन हो । गजलकारहरुको गजलमा निखारता हुन्छ जसरी गाजल ले आँखामा सौन्र्दयता दिन्छ तर पनि अ–आफ्नो हेराइमा फरक हुन्छ त्यही हेराइको फरकताले गर्दा यो समस्या आएको हुन सक्छ ।
– प्रकाश जि पछिल्लो समय यता सबैले गजल लेख्ने प्रसारण, प्रकाशन गर्ने कतीले हु—बहु अरुको सारेर आफ्नो नाम कमाईरहेको पाउँछौ नि ? यसले सर्जकलाई सम्मान होईन अपमान भएन र ? साहित्यको फाँटमा यसमा ध्यान कसको जानुपर्छ नि ?
:- प्रकाश पुष्पक – यो हतियार प्रयोग गरेर परै बाट लुकेर हत्या गरिनु हो । साहित्यकारहरु त्यस्तो हुँदैनन् लुकेर होइन सिधै गएर विष्फोटन गर्छन् र नाम सङ्गै उपनाम कमाउँछन् । वास्तवमा सम्मानको तक्मा पनि पहिरन्छन् । जो यो फाँटमा यस्तो दुवैको मिलन दोबाटोमा हुन्छ अवश्य लुक्नेको शिर निहुरिनेछ र मानको सट्टामा अपमान भएका उदाहरणहरु थुप्रै पाइएको छ यस बाट आँफै आफूलाई जाच्नु पर्नेछ ।
– प्रकाश जि तपाई एकजना गजल बिधामा रहेर साहित्यलाई अगाडी बढाईरहनुभएको छ । तपाईजस्तै अन्य बिधामा रहेर साहित्य सिर्जना गनुहुने साथीहरुलाई के भन्नुहुन्छ ? :- प्रकाश पुष्पक – साहित्य आँफूमा आँफै बिशाल छ किनकी नाम नै पृथक छ । साहित्यलाई मायागर्नु पर्छ आजको सृजना भविश्यको अमर निशाना हुनेछ । यो अकाट्य धुब्र सत्य छ । साहित्यको सृजना जुनै क्षेत्रबाट गरिएपनि थोपा थोपा भएर साहित्यको सागरमानै एकै ठाँउमा मिलनहुने छ गजल मात्र होइन अन्य बिधाका साहित्यनुरागीहरु लगायत समस्त साहित्य जगत हातेमालो गर्दै अगाडी बढौ अवश्य शिखर गुग्नेछौ भज्ज चाहन्छु ।
– प्रकाश जि अन्त्यमा तपाईंइलाई गजलमा के हुनुपर्छ ? के को अभाव छ ? गजलमा कलम चलाईरहनु भएको अबको ३ बर्षपछि हामी कस्तो अवस्था र साहित्यको क्षेत्रमा पाउन सकिएला ?
प्रकाश पुष्पक – अन्त्यमा बडो संकष्टपूर्ण प्रश्न म माथी तेर्साउँनुभयो प्रदिप जी गजल जल हो त्यसैले यो जललाई हामिले सुक्न दिनु हुन्न जुनै तह र तप्काबाट भएपनि थोपा–थोपा चुहाँउँनु पर्छ । किनकी आँफै सुसोजीत छ गजल त्यसैले गजलमा केही अभावको खाँचो छ जस्तो त लागेको छैन । विगत आँफूभित्र आँफै रमाई–रमाई बाचिरहेको छ । बर्तमानमा बिगतको जस्तो अवसर हुँदैन अव आयो ३ वर्ष पछिको भविष्यको कुरा, वर्तमान सङ्ग भोलीवादी भोलीको सुन्दर बिहानीको पर्खाइमा हर समयहरु बितिरहेको छ । समयको डौडानमा पछिको भविष्यको कुनै आशा छैन त्यही आशाको दीपमा समयको चक्रभित्र बन्दी भएको साहित्यको उएटा कुनामा लुकेर चिहाइ रहेको पाँन सक्नुहुन्छ ।
– हस्त धन्यवाद प्रकाश पुष्पक जि यती धेरै समय दिनु भएकोमा म प्रदिप राई साथै हाम्रो युनिटको तर्फ बाट पुनः भेट्ने बाचा सहित अहिले लाई बिदा चाहन्छु ।
:- प्रकाश पुष्पक – धनयवाद त मैले, तपाइ र तपाइको यूनिटलाई दिनुपर्ने हो किनकी साहित्यको माहलमा म जस्तो मान्छेको भलाकुसारी तपाइहरुको अमूल्य समयलाई खर्च गरेर म सङ्ग संवाद गर्नु भएकोमा । धन्यवाद । शुभ साहित्य ।

मङ्लबार, भदौ १०, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्