रणवीर र कट्रिनाकोे बिहे पक्का

भारतको चर्चित टेलिभिजन ‘जुम’ले दाबी गर्दै भनेको छ कि, बलिउडका चर्चित जोडी रणवीर कपुर र कट्रिना कैफ यही बर्षको अन्त्यमा बिहे गर्दैछन् । सन् २०१४ को अन्तिममा रणवीर र कटि्रनाको बिहे हुँदैछ, जसको घोषणा चाडै हुनेछ । ranbir-and-katrina1रणवीर चलचित्र ‘जग्गा जासुस’को छायांकनका लागि दक्षिण अफि्रका उड्नु अघि दुई परिवारको भेट भएको थियोे । जसमा यो जोडीको बिहेको बिषयमा गम्भिर छलफल भएको थियो । श्रोतको हवला दिदै ‘जुम’ले भनेको छ कि, यो जोडी यही बर्षको अन्तिममा बिहे गर्दैछ । दक्षिण अफ्रिकामा रणवीर र कट्रिनाले एक अर्काको हात समाउँदै हिडेको तस्बिर सार्वजनिक भएको थियो । यसलाई विश्लेषकहरुले रणवीरले खुल्ला रुपमा नै कट्रिनाको हात समातेको देखाउन खोजेको भनी विश्लेषण गरेका छन् । रणवीरले केही समय अघी मात्र आफ्नी हजुरआमासँग कटि्रनाको भेट गराएका थिए । 

बुधबार, जेष्ठ २१, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्