अनेसास विशेष स्रष्टा सम्मान तथा पुस्तक विमोचन समारोह

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हिजो २०७१ जेठ १८ गते, आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा आयोजना विशेष स्रष्टा सम्मान तथा पुस्तक विमोचन समारोहको आयोजना गर्यो | 
10374528_10201215859398911_2332838532227541213_n
10374968_10201215798637392_7389211495504535485_n

सम्मानित स्रष्टाहरुमा क्रमश : डा. अंगुरबाबा जोशी, डा. गार्गी शर्मा, गीता केशरी, गायत्री श्रेष्ठ, चद्रकला नेवार, माया ठकुरी र विन्दिया सुब्बा, दार्जीलिंग हुनुहुन्छ | 1551578_10201215807597616_7336249415731437309_nयसैगरी स्रष्टा गीता खत्रीको नियात्राकृति ‘झोखांगदेखि मजटालानसम्म’ को विमोचन कार्यक्रमका प्रमुख आतिथि वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले गर्नु भयो | 10427674_10201215868919149_4134328532020814830_nकार्यक्रममा सम्मानित स्रष्टाहरुका बारे वरिष्ट समालोचक डा. लक्ष्मनप्रसाद गौत्तमले तथा विमोचित कृतिका बारे वरिष्ट नियात्राकार युवराज नयाघरेले बोल्नु भएको थियो |

10402827_10201212961046454_7709722397899552832_n

यसैगरी सो कार्यक्रममा प्रमुख आतिथि वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी, विशेष अतिथि पूर्व उपकुलपति गङ्गाप्रसाद उप्रेती, अनेसासका सल्लाहकार तथा वरिष्ट समालोचकहरु डा. ताना शर्मा र डा. खगेन्द्र लुइटेल, सम्मानित स्रष्टाहरु डा. अंगुरबाबा जोशी, विन्दिया सुब्बा र गीता केशरी, अनेसास अध्द्यक्ष गीता खत्री, अनेसास वरिष्ठ उपाध्द्यक्ष राधेश्याम लेकाली, साहित्यकार यादव भट्टराईलगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो |10422008_10201215874719294_1644517254477821390_n
10338739_10201205272694250_7793103989269640633_n

सोमवार, जेष्ठ १९, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्