सुदर्शन हेर्न दर्शक आतुर

मनिष दाहाल
काठमाडौं । नेपाली सिनेनगरी धेरै चलचित्र निर्माण भए कोहि दर्शकलाई निकै हसाउने चलचित्र बने त केहि धेरै एक्सनमा आधारित र माया प्रेममा आधारित चलचित्रहरु निर्माण भए । तर त्यस खाल्का चलचित्रले दर्शकको मन राम्रो सगँ तान्न सकेन । एउटा चलचित्रका कारणले यति बेला सिंगो चलचित्रक्षेत्र नै निकै धरासायि हुने अबस्थामा पुगेको छ । एउटा चलचित्र नराम्रो भए अरु चलचित्र पनि सोहि अनुरुपका हुन भन्ने मानसिकताले दर्शकलाई निकै नमज्जाले गाजेको छ । तर आज सम्म दर्शकलाई केहि फरक लाग्ने चलचित्र निर्माण हुन सकेको छैन ।  नेपाली सिनेनगरीमा आफुलाई स्थापित गराइसकेकी नायिका रेखा थापाले निर्देशन  गरेकी पछिल्लो चलचित्र हिम्मतवाली दर्शकले खोजेको भन्दा पनि राम्रो चलचित्र निर्माण भएको बताइएको छ । चलचित्रमा धेरै विषय बस्तुहरु यथार्थ जिन्दगी सगँ निकै नजिक रहेर चलचित्र निर्माण भएको बताइएका छ । सुदुरपश्चिमका निकै मनमोहक दृश्यहरुलाई कैद गरिएको सो चलचित्रमा नेपाली सिनेनगरीमै पहिलो पटक उँटको प्रयोग गरि चलचित्र निर्माण भएको छ । अझै चलचित्रलाई एउटा पात्रको अभिनयले अझ चलचित्र निकै सुन्दर बनेको छ । सगरमाथा समेत आरोहण गरिसक्नुभएका र देश देखी विदेश सम्म आफुलाई स्थापित गराउन सफल नायक सुदर्शन गौतम चलचित्रमा मुख्य पात्रको रुपमा देखिने भएका छन् जो आम दर्शकले सुर्दशनलाई हर्न निकै आतुर पनि छन् । बास्तविक जिवनमा नै दुवै हात नभएका सुदर्शनले चलचित्र हिम्मतवालीमा सोचेको भन्दा पनि राम्रो अभिनय गरेका बताइएको छ । असोज महिनाको फुलपातिका दिन देखी देशभरबाट प्रदर्शन हुन लागेका चलचित्र हिम्मतवालीलाई यति बेला निकै आशा लाग्दो चलचित्रको रुपमा पनि धेरैले हर्न थालेका छन् । पछिल्लो समय चलचित्रको व्यापार राम्रो नभई रहेको अबस्थामा चलचित्र हिम्मतवालीले चलचित्रक्षेत्रलाई नै निकै राम्रो सन्देश दिने बताइएको छ । यति बेला चलचित्रको सम्पुर्ण छायंकन सकेर हिम्मतवाली युनिट चलचित्रको डविङ्ग कार्यमा बेस्त भइरहेको छ ।

सोमवार, जेष्ठ १९, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्