किन लग्यो हिम्मतवालीले मरुभुमीको उँट जंगल तिर ?

मनिष दाहाल
काठमाडौं । नेपाली सिनेनगरीमा दर्जनौ चलचित्रबाट आफुलाई स्थापित गराउदै आएकी नायिका रेखा थापाले निर्देशन गरेको पछिल्लो चलचित्र हिम्मवालीे यति बेला चतर्फी चर्चाको शिखरमा रहेको छ । केहि दिन अगाडी मात्र रिलिज भएको चलचित्र  हिम्मवालीको गित काली तिम्रो नजरले नामक गित यति बेला निकै चर्चाको शिखरमा रहेको छ । प्रत्यक चलचित्रमा केहि भन्नै खाल्का विषय बस्तु दिन माहिर रेखाले पछिल्लो समय चलचित्र हिम्मतवालीमा पनि विल्कुलै फरक धारले चलचित्रलाई निर्देशन गरेको हिम्मतवाली युनिटले बताएको छ । असोज महिनाको फुलपातीका दिन देखी देशभरबाट प्रदर्शन हुन लागेको चलचित्र हिम्मतवालीलाई यति बेला निकै आशा लाग्दो चलचित्रको रुपमा पनि हेरिन थालिएको छ । अहिले सम्म चलचित्र हिम्मतवाली सगँ अरु कुनै पनि चलचित्रले प्रदर्शन मिति तोकेका छैनन् त्यसकारण पनि चलचित्र हिम्मतवालीले निकै राम्रो व्यापार गर्नेमा हिम्मतवाली युनिट निकै आशावादी छ । चलचित्रको सम्पुर्ण सुटिङ्ग सुदुरपश्चिममा खिचिएको छ । चलचित्र हिम्मतवालीमा सुदुरपश्चिमका भेषभुषा झल्कने खाल्का दृश्य समावेश गरिएकोले पनि चलचित्रमा देखाइएका दृश्यहरु निकै मनमोहक रहेका छन् । चलचित्रमा देखाइएको एउटा फरक दृश्यले पनि चलचित्र अझ सुन्दर  देखिएको छ,त्यो हो नेपाली सिननगरिमा नै पहिलो पटक उँटको प्रयोग गरि चलचित्र निर्माण भएको छ । जुन उँट मरुभुमिका बस्ने गदर्छ । तर हिम्मवाली युनिटले सो उँटलाई जंगलमा लगी सुटिङ्ग गराइएको थियो । बालुवामा बस्ने उँटलाई हिम्मतवाली युनीटले ट्रकमा हाली जंगलको सुटिङ्ग स्थलमा उँटलाई पुराइएको बताइएको छ । यसरी निकै खर्च गरेर खिचिएको सो दृश्यमा नायिका रेखा थापा र नायक सुदर्शन गौतमको दृश्य समावेश गरिएको छ । उँटलाई मात्र हिम्मतवाली युनीटले ३ लाख भन्दा माथिको खर्च गरेको बताइएको छ ।  यसरी निकै संधर्ष गरेर बनेको चलचित्र हिम्मतवाली दर्शकले निकै मनपराउनेमा रेखा र सुदर्शन निकै आशावादी पनि छन् । चलचित्रमा रेखाको प्रेमीको रुपमा नायक सुदर्शन गौतम देखिएका छन् । चलचित्रलाई सरस्वती थापाले निर्माण गरेकी हुन भने निर्देशन रेखा आफैले गरेकी छिन् ।

शुक्रबार, जेष्ठ १६, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्