“सत्य~स्वरूप लाईभ ईन कन्सर्ट दुबई २०१४” सम्पूर्ण तयारी अन्तिम चरणमा

 सुर्य चन्द/युएई /: नमस्ते ट्राभल्स् एण्ड टुर्सको प्रस्तुति मा मुलपानी ईन्डोर क्रिकेट ग्राउण्डको सहयोगार्थ यहि मे ३० तारिकका दिन बरदुबईको होलिडे ईन होटलमा हुन गई रहेको “सत्य~स्वरूप लाईभ ईन कन्सर्ट दुबई २०१४”  सम्पूर्ण तयारी अन्तिम चरण मा पुगेको छ । Displaying 10262145_10202819233614636_3393716439533862765_n.jpg

राष्ट्रिय ख्याती प्राप्त चर्चित कलाकार हरु गायक द्वय सत्य राज आचार्य र स्वरूप राज आचार्यको साथमा स्थानिय कलाकार हरुले धमाका गर्ने सत्य~स्वरूप लाईभ ईन कन्सर्ट दुबई २०१४ नेपाली हरु को युएई मा भएको सास्कृतिक कार्यक्रम हरु बीच एउटा नौलो इतिहास रच्ने कुरा “सत्य~स्वरूप लाईभ ईन कन्सर्ट दुबई २०१४” का प्रमुख संयोजक सन्तोष प्रसाई बताउनु हुन्छ ।Displaying 10367707_10202819232974620_3394158024262785128_n.jpg

आखिर को हुन् त गायक द्वय सत्य राज आचार्य र स्वरूप राज आचार्य-  नेपाली सांगेतिक क्षेत्रका बरिष्ट नेपाली ख्याति प्राप्त गायक “भजन  शिरोमणि” स्वर्गीय भक्त राज आचार्य तथा माता सुशिला आचार्य का पुत्र सत्य~स्वरूप राज आचार्य को जन्म १२/०१/१९७८ तथा २७/१२/१९७८ थाक्सिखेल ललितपुर १४ मा भएको हो। सानै देखि गित संगीत तथा कलाकारिता क्षेत्रमा रुचि राख्ने तथा नेपाली सांगेतिक क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल गायक द्वय सत्य~स्वरूप ले विभिन्न टेलिभिजन, रेडियो एफ एम हरुमा पनि कार्यक्रम प्रस्तुत गर्नु हुन्छ साथै विभिन्न सांगीतिक सस्था हरुमा सरिक भई सांगीतिक तथा कलाकारिता क्षेत्र मा आफ्नो योगदान दिई काम गरि रहनु भएको छ।   सत्य~स्वरूप ले अहिले सम्म सात वटा गीति एल्बम बजारमा ल्याइसक्नु भएको छ भने हजारौ गित हरु मा आफ्नो संगीत भरि सक्नु भएको छ । लाहुरे दाई १९९८ ,मुटु जलिरहेछ २००३,  स्वोर २००५,  म्युजिक २००७,  हस्ताक्षर २०१०,  पुस्ता (यादव  खरेल को साथ ) २०१२ गरि सुपरहिट गीति एल्बमहरु बजार मा आएका छन्। सत्य~स्वरूप राज आचार्य ले आफ्नो सांगीतिक  प्रस्तुति लिएर विभिन्न मुलुक युके (इंगलैंड ,वालेस ,स्कोटल्याण्ड ,नर्थ्रैन आयरल्याण्ड) अस्ट्रेलिया, जापान, हंगकंग-३, साउथ कोरिया-२, साउदी अरेबिया, कतार-४, कुवैत, इंडिया ,भुटान गरि दर्जनौ मुलुक हरु को भ्रमण गरि सक्नु भएको छ भने नेपाल को विभिन्न शहर र ठाउ मा आफ्नो जादुमय कला प्रस्तुत गरि सक्नु भएको छ । त्यस्तै गरि सत्य~स्वरूप राज आचार्य ले राष्ट्रिय तथा अन्तरास्ट्र मा विभिन्न क्षेत्र तथा विधा हरु मा अवार्ड तथा सम्मान हरु हासिल गर्नु भएको छ :  बेस्ट न्यु आर्टिस्ट  (हिट्स एफ एम म्युजिक अवार्ड) १९९९, नारायण  गोपाल  युवा  संगीत  पुरस्कार  २०११,        नातिकाजी संगीत  सम्मान  २००७, बेस्ट  प्लेब्याक सिंगर (कलिउड सिने अवार्ड ) २००१ , बेस्ट म्युजिक डाइरेक्टर नेसनल म्युजिक  कम्पिटिसन  ओर्गानाइज बाइ  रेडियो  नेपाल  २००६,                         बेस्ट  म्युसिक  डाइरेक्टर  फर  मोसन  पिक्चर  साउण्ड  ट्रयाक (हिट्स एफ एम म्युजिक अवार्ड) २००९, बेस्ट सिङ्गर (बिन्ध्याबासिनी म्युसिक अवार्ड ) २०१०, बेस्ट  म्युसिक कम्पोजर  (बिन्ध्याबासिनी म्युजिक अवार्ड) २०११,  मधुरिमा  फुल  कुमारी  महतो  युवा  संगीत  सम्मान  २०१२ , बेस्ट सिंगर  (बिन्ध्याबासिनी म्युजिक अवार्ड) २०१२ , संग विथ नेसनल फीलिंग्स (बिन्ध्याबासिनी म्युजिक अवार्ड) २०१२  साथै अन्य दर्जनौ भन्दा बढी अवार्ड हरु आफ्नो हात मा पार्न सफल चर्चित गायक हरु तपाई हाम्रो चाहाना लाइ मध्यनजर गर्दै मे ३० तारिकका शुक्रबार का दिन सपना को शहर  दुबई मा तपाई हामी सामु आफ्नो जादुमयी कला, स्वर लिएर तपाइँ हामी लाइ मनोरंजन तथा नेपालमा क्रिकेट खेलका लागि सहयोग पुर्याउन काठमाडौँ मुलपानी ईन्डोर क्रिकेट ग्राउण्डको सहयोगार्थ सत्य र स्वरूप राज आचार्य आउदै हुनुहुन्छ, बगेको खोला फर्कदैन समयले कसै लाइ नि पर्खिदैन त्यसैले युएई बासि दाजुभाई तथा दिदीबहिनी हरु लाइ  सत्य~स्वरूप लाईभ ईन कन्सर्ट हेर्न नछुटाउनु हुन आयोजक कमिटिका सदस्य गोपाल कंडेल आव्हान गर्नु हुन्छ । उहा हरु ले “सत्य~स्वरूप लाईभ ईन कन्सर्ट दुबई ३० मे २०१४”  हेर्न लाइ नछुटाउनु होला “सत्य~स्वरूप लाईभ ईन कन्सर्ट दुबई ३० मे २०१४” बरदुबई को  होलिडे ईन होटलमा शुक्रबार साझ ५ बजे देखि ९ बजे सम्म हुदैछ ।Displaying 10308405_738997226151398_5665574561693046899_n.jpg

उक्त कन्सर्टमा नेपालका चर्चित तथा ख्यातिप्राप्त गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यका साथमा युएईमा  ख्याती कमाएका सुन्दरी नेपाली गायीका मिठो स्वर को धनि रेखा घिमिरे, गायक गोपी कृष्ण पंगेनी, गायक सुमन उदय तथा जुनी नेपाली हरु ले आ आफ्नो सांगतिक कला प्रदर्शन गर्ने भएका छन् ।Displaying 10313594_10203166002102772_3889102766132636991_n.jpg

कतै तपाई समयमा नै आफ्नो सिट सुरक्षित राख्न त छुट्नु भएको छैन? यदि टिकेट लिनु भएको छैन भने आजै आयोजक समिति संग सम्पर्क गरि आफ्नो सिट सुरक्षित राख्नु होला ।

 

 

मङ्लबार, जेष्ठ १३, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्