हमालले भित्राए मधुलाई नवलपरासीको पुख्र्यौंली घरमा

विहेको भोलिपल्टै अभिनेता राजेश हमाल पत्नीलाई लिएर नवलपरासी पुगेका छन् जहाँ उनले आफ्नो पुख्र्यौली घरमा मधुलाई विधिपूर्वक भित्राएका छन् ।
बुद्ध एयरको जहाजबाट भरतपुर उडेका उनी सहयोगीका साथ नवलपरासी हानिएका हुन् । भरतपुर एयरपोर्टबाट नीजि सवारीमा उनी नवलपरासी गएका हुन् । पुख्र्यौंली घरमा भित्राउने योजनाअनुसार हमालले मधुलाई काठमाडौंको घरमा भित्राएका थिएनन् ।10257552_779625978728513_2975368446044123845_n

विधिपूर्वक हमालले नवलपरासीको रजहरस्थित घरमा मधुलाई भित्राए । पहेंलो कुर्तामा मधु र क्याजुअल ड्रेसमा हमाल देखिएका थिए । भरतपुर एयरपोर्टमा संवाददाताहरुसँग कुरा गर्दै हमालले विहेपछि आफ्नो जीवनको नयाँ अध्याय सुरु भएको बताए ।

आफू र मधु दुबै खुशि रहने बताउँदै हमालले लामो समयको प्रतिक्षापछि विहे गरेको र लामै समयपछि नै फिल्म निर्देशन गर्न लागेको बताए । मधुले हमालसँग विहे गर्न पाउनु जिन्दगीकै खुशिको क्षण भएको बताएकी छन् ।

हमालले विहेकै दिन शनिबार धुलिखेलस्थित एक रिसोर्टमा सुहागरात मनाएका थिए । हमालका सहयोगी रोशनका अनुसार हमाल दम्पत्तिले चितवनको एक मन्दिरमा पनि पूजाआजा गर्ने कार्यक्रम छ ।

सोमवार, जेष्ठ १२, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्