नायक राजेश हमालको विवाह सम्पन्न

काठमाडौं, १० जेष्ठ । नेपाली चलचित्रका नायक राजेश हमालको विवाह आज सम्पन्न भएको छ । हमालले लामो समयदेखिकी प्रेमिका मधु भट्टराईसँग लगनगाँठो कसेका हुन् ।

काठमाडौंको अन्नपूर्ण होटलमा हिन्दू पराम्परा अनुसार हमालको विवाह सम्पन्न भएको हो । वधुतर्फको आग्रहमा सञ्चारमाध्यमहरुका लागि गोप्य राखिएको वैवाहिक समारोह अत्यन्तै निजी र छरितो ढंगले सम्पन्न भएको नायक हमालका सहयोगी रोशनले जानकारी दिएका छन् ।

विवाहमा दुई परिवारका सीमित आफन्तमात्र सहभागी भएको बताइएको छ ।

हमाल र मधुबीच गत वैशाख ३१ गते टिकाटालो भएको थियो । परिवारका सदस्यहरुले हमालले जेष्ठ १४ गते विवाह भोज दिने बताएका छन् ।

विवाह भोजमा आफन्तका साथमा पूर्वप्रधानमन्त्री, मन्त्री, राजनीतिज्ञ, कूटनीतिज्ञ, कलाकार, सञ्चारकर्मी, समाजसेवी, सुरक्षा निकायका उच्च पदाधिकारी लगायतलाई आमन्त्रण गरिएको जनाइएको छ ।

शनिबार, जेष्ठ १०, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्