पछिल्लो समय निकै ब्यस्त बनेकी छिन् नायिका गरिमा पन्त

नेपाली चलचित्रमा आएर पछिल्लो समय निकै ब्यस्त बनेकी छिन् नायिका गरिमा पन्त । ऐतिहासिक चलचित्र झोला र स्व. निर्देशक शिव रेग्मीद्धारा निर्देशित चलचित्र “मनले मनलाई छुन्छ” बाट निकै चर्चामा आउन सफल रहेकी नायिका गरिमा पन्त देशको सर्वाधिक विक्री हुने पत्रिका कान्तिपुर साप्ताहिकले यस बर्ष २०७० को अब्बल नायिकाको श्रेणीमा रहेको प्रकाशन गरिएको थियो । चलचित्र झोलाको प्रर्दशन लगत्तै सुपर निर्देशक एभरेष्ट सुर्य बोहराको नजरमा पनि मन पर्न सकेकी नायिका गरिमा पन्तलाई अन्ततः समाजिक तथा सत्यतथ्य घटनामा आधारित कथानक चलचित्र “ठूली” मा अनुबन्धित गरे । यतिले मात्र निर्देशक बोहराको मन भरिएन, भनेर बिस्तारै नायिका गरिमाले उनको मनलाई नै जितिन् । अहिले आएर निर्देशक बोहरा संक्षिप्त उत्तर दिँदै भन्छन् “मलाई गरिमा पन्त मन प¥यो ” ।thuli3

यसरी कलकलाउँदी खाइलाग्दी, फुर्तिली, छरिती र सु–कुमारी नायिका गरिमा पन्त मन पर्नु पनि उनको लागि स्वभाविक नै हो । धेरै नेपाली चलचित्रका दर्शकहरु पनि नायिका गरिमा पन्त भने पछी भुत्तुक्क हुने भइसकेका छन् । तर, ठट्यौली शैलीमा निर्देशक बोहरा भन्छन् “दर्शक र फ्यानहरुले मन पराएको जस्तो भने मेरो मन पराइ होइन हई”। चलचित्र “ठूली” को सुटिङ्गको क्रममा करिब महिना दिनसम्म नायिका गरिमासँग रहेर काम गराउने शिलशिलामा उनी पंङ्च्यूअल, डेडीकेटेड, हार्डवर्किङ्ग, रेस्पोन्सिविलिटी भएको बताए । तसर्थ गरिमालाई मन पराउनुको अर्थमा बोहराद्धारा आगामी दिनहरुमा निर्देशन गरिने चलचित्रहरुमा अनुबन्धित गरिने भएको छ । नायिका गरिमा पन्तको काम गर्ने शैली, ब्यवहार, जिम्मेवारी र कार्य सम्पादनबाट साहै्र नै प्रभावित भएको निर्देशक बोहेरा बताउँछन् । निर्देशक बोहरा विश्वस्त हुँन्दै भन्छन् “अब नायिका गरिमा नेपाली चलचिचत्रकी सुपर नायिका बन्ने छिन् ।”10172578_10152297794055659_5138417837239641170_n (1)

 ratopati

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्