दिपक न्यौपानेको दोश्रो आधुनिक गिती संग्रह मेरो जिन्दगानी बजारमा

योगी योगेन्द्र संखुवासभा । गीतकार दिपक न्यौपानेको पहिलो आधुनिक गिती संग्रह उपहारमा चोटको अपार सफलता पछि दोश्रो आधुनिक गिती संग्रह मेरो जिन्दगानी बजारमा आएको छ । संखुवासभा जिल्लाको चैनपुर सिद्ध पोखरीमा जन्मनु भएका गीतकार दीपक न्यौपाने भने हाल बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा हुनुहुन्छ । सात समुन्द्रपारी भएता पनि आफनो कला र संस्कृतिलाई जोगाई राख्ने क्रममा गीतकार न्यौपानेले पहिलो आधुनिक गिती संग्रह उपहारमा चोटको अपार सफलता पछि दोश्रो गीति संग्रह मेरो जिन्दगानी नामक गीति एल्बम हालै मात्र बजारमा ल्याउनु भएको छ । प्रमोद खरेलको आवाजमा बजारमा आएको आधुनिक गिती संग्रह मेरो जिन्दगानीको शब्द रहेको छ गीतकार दिपक न्यौपानेको भने संगीत भर्नु भएको छ दिपक शर्माले दीपक न्यौपानेको दोश्रो आधुनिक गिती संग्रह मेरो जिन्दगानी बिन्ध्यबासिनी म्युजिक प्रा लि मार्फत बजारमा आएको गीतकार दिपक न्यौपानेले संचारकर्मी योगी योगेन्द्र लाई जानकारी दिनुभयो ।

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्