दिपाले साइत जुराएर घर पूजा गरिन्

अभिनेत्री दिपाश्री निर्रौलाले साइत जुराएकी छिन् । यो साइत दिपाको नभएर उनले एक वर्ष अघि किनेको घरको जुरेको हो । वानेश्वर हाइटमा रहेको तीन तले घरमा दिपाले साइत जुराएर घर पूजा गरिन् । बुद्व जयन्तीको दिन पारेर दिपाले घर पूजा, होम, बास्तुपूजा, सत्य नाराणको पूजा लगाएकी हुन् । दिपाको घर पूजामा सर्कलका साथीभाई, हाँस्य कलाकर, केही फिल्मकर्मी तथा आफन्त सहभागी थिए । ‘काठमाण्डौंमा घर किन्ने, आफ्नै मेहनतले गाडी चढेर हिड्ने सपना पूरा भयो । दिपाले भनिन्, जीवनमा धेरै दुख गरियो, भगवानले साथ दिएर यो स्थानसम्म आईपुगेकी छु । सबै दर्शक र स्रोतालाई धन्यवाद भन्न चाहन्छु । दिपाको घर किन्ने र गाडी चढ्ने सपना पूरा भयो । पुजाको साइत पनि जुर्यो । विवाहको साइत चाहिं कहिले जुर्ला त रु दिपाले हाँस्दै भनिन्, ‘मिथिला दिदी, राजेश हमालको त भर्खर साईत जुर्दै छ ।

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्