बुझ्यौ होला बिछोडमा चोट कति हुन्छ ?

गजल ।।।।।।।

बुझ्यौ होला बिछोडमा चोट कति हुन्छ ?
खप्यौ होला बदनामी खोट कति हुन्छ !||

एउटा फूल झरे पनी बोट कति हुन्छ ?
दोबाटोमा छुटेपछी रोट कति हुन्छ ||

तिमि बाटै सिकें मैलै झुट कति हुन्छ ?
बुझ्यौ आज पिरतीमा छुट कति हुन्छ ?

झुक्याउने र फसाउने रुट कति हुन्छ
बुझ्यौआज बिछोडमा चोटकति हुन्छ ??

भरत सुनुवार
खिम्ती ३ रामेछाप

सोमवार, चैत्र ३०, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्