कविता : बाँकी जीवन

प्रातकालिन दैनिकी

तीसौ दशकको ऊ
चिकित्सकको शिफारिसमा
थोपरिएको विहानी
वाँकी
स्पर्श नगरेको मुर्मुरे उकालो
पतझंकृत आवाज फ्यार्र, फ्यार्र,फ्यार्र
फ्यात्त फाल्छा
काखमा विराजमान मुर्मुरे चौपरोमा
आफुलाई ।
चौपारो पुर्खयौली पौरख
उद्देलित हुन्छ ऊ
वीन चिटरको फस्नर खोल्छ
हाँडीकोटे हावा, चिसो स्पर्श
ब्युँझिन्छ अतित !
प्राय ,ढल्किदो बसन्तमा हाँडीकोट हरियो-कालो हुन्छ ।
खंग्रग सुकेको सपाउदे रसाउछ ।
भालेको डाकसँगै ब्यूझिने
खत्रीखेत, मगरखेत
बैशालु श्रमसँग पौठेजोरी खेल्थे ।
कामको चटारो र् र्माइदेबी’ ओझेल पर्थिन ।
बैंश विसाउँथ्यो सपाउँदै ।
शरतको उन्मत्त हाँसो
पहेलपुर खत्रीखेत-मगरखेत
आहृवान गर्थे बैशालु श्रम
शक्तिपीठ माइदेबी
विवश छन खत्रीखेत-मगरखेत
शान्ति छ माइदेवीलाई अचेल
नत खेतमा खेताला छन्
न मन्दिरमा दर्शनार्थी !
निवृत यन्त्र जडित जस्तै
दशक लामो प्रवासी जीवन
कैयन मस्जिद पार गर्दै
जान्थ्यो बजार्थयो मुठी
जसरी वजि्रन्थे खत्रीखेत मगरखेतमा ।
ढल्किदो प्रातकाल,
उदाउँदो सूर्यसामु लज्जित छ ऊ
झल्याँस हुन्छ
कर्कश ध्वनि गुन्जिन्छ
देउराली अस्पतालको ल्याब रिपोर्ट
चिकित्सकको बि्रफिङ्ग
चालिसकै दशकमा लतारिनुपर्ने आफुलाई ?
उँफ ! सम्हाल्छा वीन-चिटर
च्या -र्र, च्या -र्र, च्या -र्र-ध्वनि कर्कशनै
दशक लामो विप्रेषणको भोग
निष्ठा -कर्म हराएको छ घरमा
बच्च -बच्चीको स्कुल
रोगी माता-शौखिन सँगिनी
रुप फेरेछ हाँडीकोटले
राप,ताप र सन्ताप एकै पटक फ्याँकेको छ ।
बाँकी जीवनको मुर्मुरे उकालो
गजधम्म आगाडी उभिएको छ ।

राजु पौडेल

सोमवार, फाल्गुन १८, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्