समाज सेवामा अनुकरणीय बनिन् नीमा जिसी

timthumb.php-रामकृष्ण तिमिल्सिना ,

संसारमा थोरै मात्र त्यस्ता बयक्ति हुन्छन जसले समाजमा सकारात्मक असर छाडेका हुन्छन । नाम तिनैको  पुजिन्छ जसको रोशनी समाजमा छरिएको हुन्छ  र त्यस्ता कार्यहरुले भावी पुस्तामा अनुकरणका लागि प्रेरण प्रदान गर्दछ ।

 

आजको उत्तर आधुनिक यूगको महत्व भनेको नै आर्थिक क्षेत्रसंग सम्बन्धि उपलब्धिहरुनै हो । को चाहन्छ बेकारमा बस्नका लागि अनि को चाहन्छ फजुल खर्च गर्न नै । समाजमा केही यस्ता अपवादका ब्यक्तिहरु पनि छन जो आफूलाई भन्दा अरुलाई धेरै मायाँ गर्छन अनि आफू नखाएर पनि अरुलाई खुवाउनुमै आनन्दित हुन्छन ।

 

बुवा रामबहादुर जिसी र आमा टिका जिसीको छोरी निमा जिसी बि.स २०५० सालमा जन्मेर पोखराको मध्यम बर्गिय परिवारमा हुर्केकी निमाले कसमस इन्टरनेश्नलमा मा A Level सम्मको अध्ययन गरेकी छिन भने केही समय पोखरा एरपोर्टमा जगिरे पनि हुन ।

 

परोपकारी हातहरु सधै पवित्र हुन्छन । एक्लै बसेर  हाँस्नु भन्दा सयौको हाँसोमा हाँस्नुको आनन्दनै भिन्नै हुन्छ । सायद यसै कारणले होला उनि आफ्नो स्थाई जागिर छोडेर बाल बालिका , अनाथ , असहायहरुको सेवामा समय बिताईरहेकी छिन ।

 

उनि समाजसेवामा आउनुको रहस्य पनि कारुणीक छ । एक दिन सधै झैं उनी एरपोर्टको डियूटी सकी घर फर्कदै थिईन । बाटोमा यौटा ७/८ बर्षको बालक झेक्राएर बसेको थियो । त्यो बालक लाई उनि सधै जसो देख्ने गर्थिन तर त्यस दिन त्यो बालकको मुखबाट ¥याल र नाक बाट सिंगान बगीरहेको थियो जहाँ झिंगाहरु भन्किरहेका थिए । भोलिपल्ट  डियूटीको लागि अफिस जान लाग्दा बाटोमा मनिसहरुको भिड थियो । उनले कसैलाई सोधिन र थहा भयो त्यो बालक मरेछ । यस घटनाले निमालाई धेरै दिन सम्म मनमा अशान्ति पैदा गरायो । अन्ततः यस घटनाले उनको जीवननै मोडियो समाज सेवा तर्फ ।

 

बिगत एक बर्ष अगाडी उनले साथीहरु जम्मा गरि Foundation Nepal संस्था स्थापना पश्चात विभित्र जनचेतनामूलक र सेवामुलक कार्य गर्दै आएकी छिन । अहिले उनको दैनिकी भनेको नै असहाय माथि सेवा गर्नु नै हो । पछिल्लो समयमा तनहुका एक बालक जो करेन्टमा जलेका थिए । पारिवारिक अवस्था ज्यादै दयनिय थियो उनले आफ्नै साथीभईहरु बाट रकम संकलन गरि आर्थिक सहयोग गरिन । बालको उपचार सफल  भयो ।

 

यो त यौटा घटना मात्र हो । उनले ब्यक्तिगत रुपमा सहयोग गरेको घटनाहरु धेरै छन् । सँच्चै निमा एक यौटा यस्ती यूवती हुन जो यति कलिलो र अपत्यारिलो उमेरमा अरुको घाउमा मलम लगाउनमै आनन्दित हुन्छिन ।

 

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्