सहयोगी गुमाएपछि सगरमाथा आरोहण रद्द

सोलुखुम्बु,  वैशाख । सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा गत वैशाख ५ गते गएको हिम पहिरोमा आरोहण सहयोगी गुमाएका आरोहण दलले यस वर्ष सगरमाथा अरोहण रद्द गर्ने भएका छन् ।

साङ्ग्रिला नेपाल प्राइभेट लिमिटेड, हिमालयन गाइडस्, नेपाल टे«क्स एन्ड एक्सपीडिसन् प्रालि, समिट नेपाल टे«किङ प्रालि र हिमालयन टे«क्स एन्ड एक्सपीडिसनबाट आरोहण अनुमति लिएका दलहरुले आरोहण रद्द गर्ने तयारी गरेका हुन् ।

प्रमुख आरोहीहरु गुमाउँदाको पीडा र जनशक्ति समेत नभएपछि आरोहण सफल पार्न नसक्ने मनस्थितिमा पुगेका अरोहण दलहरुका लागि सरकारी निर्णय पनि आरोहण रद्द गर्ने अर्को कारण भएको बताउँछन् ।

सरकारले यसपटक आरोहण अनुमति लिएकाले पाँच वर्षभित्र आरोहण गर्न सकिने विषयमा लचकता देखाएका कारण आरोहण रद्द गरेको हुन सक्ने कतिपय आरोहीहरु बताउँछन् । हिम पहिरोमा परी मृत्यु भएका १३ जनामध्ये साङ्ग्रिला नेपाल प्रालिका चार जना थिए भने हिमालयन गाइड्स नेपाल टे«क्स एन्ड एक्सपीडिसन् प्रालिबाट गएका ६ जना परेका थिए ।

“हामीले आन्तरिक छलफल गरी विदेशीलाई समेत सहमत जनाउन लगाई आरोहण रद्द गर्ने अन्तिम निर्णय लिएका हौँ” सम्बद्ध आरोहण दलका एक सदस्यले बताए । हिमपहिरोमा अरोहण सहयोगी गुमाएको आरोहण दलबाहेक अन्य दलका आरोहीले भने आरोहण गर्ने मनस्थितिमा रहेको आधार शिविरमा रहेका आरोही कामे मगरले बताउनुभयो ।

“विदेशी आरोहीहरु धेरै लामो समयको अभ्यासपछि सहयोग जुटाएर चढ्न आउँछन् उनीहरुले छाड्ने कुरै हुँदैन” मगरले भन्नुभयो । आफू जस्तोसुकै परिस्थितिमा पनि सगरमाथा चढ्ने बताइरहेका कामेले आफू सगरमाथाको सफल आरोहण गरेरमात्र फर्कने बताउनुभयो ।

आरोही सहयोगीहरु गुमाएका दलहरुले आरोहण नगर्नु स्वभाविक भएको बताउँदै उहाँले विभिन्न अभिव्यक्ति दिएर आरोहण प्रभावित नपार्न आग्रहसमेत गरे । यस वर्षको वसन्त ऋतुमा एक नेपाली र ३१ विदेशी आरोहण दलले आरोहण अनुमतिपत्र लिएका छन् । एकतीस दलमा ३३४ आरोही छन् ।

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्